व्यापार वार्ता जारी राख्‍न ईयू र बेलायत सहमत

SHARE:

लन्डन मंसिर २९ । युरोपेली संघ (ईयू) र बेलायतले बहिर्गमन (ब्रेक्जिट) पछिको व्यापार सम्झौतालाई जारी राख्ने विषयमा सहमति जनाएका छन् ।

ब्रेक्जिट सङ्क्रमणकाल अन्त्य हुनै लाग्दा यूरोपेली नेताहरू व्यापार वार्ता गरेर नै आगामी दिनको सम्बन्धलाई सुनिश्चित गराउनुपर्ने बताइरहँदा अझै पनि केही जटिल मानिएका मुद्दालाई समाधान गर्न भने सकेको देखिदैन । युरोपेली संघ ईयूकी अध्यक्ष उर्सुला भोन डेर लायन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ‘अघि बढ्नका लागि जिम्मेवार हुन जरूरी रहेको’ बताएका हुन् ।

यो साता बेलायती प्रधानमन्त्री ब्रसेल्स पुगी ईयू नेतृत्वसँग समस्यालाई समाधान गर्न पहल गर्नुभएको छ । दुवै जनाबीच ‘सुल्झिन बाँकी केही मुद्दा’ मा पनि कुराकानी भएको छ । ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबले आइतवारपछि वार्ता जारी रहने सम्भावना निकै कम रहेको बताए पनि प्रधानमन्त्री जोनसन र लायनबीच भएको सम्वादपछि वार्तालाई निरन्तरता दिने सहमति बनेको हो ।

आयोगकी अध्यक्ष फोन डेर लायनले सबै खालका परिस्थितिका लागि तयार रहनुपर्ने आफूहरूको जिम्मेवारी रहेको बताउँदै आउनुभएको छ । लायनले शनिवार जोनसनसँगको कुराकानी ‘रचनात्मक र उपयोगी’ भएको बताएका थिए ।

दुवै पक्षले वार्ता जारी राख्ने सहमति गरेसँगै वार्तामा सहभागी आफ्ना प्रतिनिधिलाई ‘अन्तिमसम्म प्रयास जारी राख्ने’ भनेपछि ढिलै भए पनि सहमतिमा पुग्न सकिने आशा अझै नटरेको देखिएको छ । बेलायत र र ईयूबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतालाई लिएर गत मार्च महिनादेखि वार्ता भइरहेको र सङ्क्रमणकालीन समय यही डिसेम्बरको अन्त्यमा सकिनेछ ।

३१ डिसेम्बरसम्म सम्झौता हुन नसके दुवैले विश्व व्यापार संगठनका नियमहरू मान्नुपर्नेछ । कुनै व्यापार सम्झौता बिना नै व्यापार हुँदा आयात र निर्यात दुवैमा सामानमाथि शुल्क लाग्नेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!