नेपाल पत्रकार महासंघ यूकेद्वारा कोरोना पीडित पत्रकारका लागि २३ लाख सहयोग

SHARE:


लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले कोरोना पीडित नेपाली पत्रकारहरुका लागि स्थापित कोषमा २३ लाख रुपियाँ जम्मा गरेको छ ।

महासंघको केन्द्रीय कार्यालयमा स्थापित आपतकालीन कल्याण कोषमा शाखाका तर्फबाट २३ लाख ५ हजार ५७७ रुपियाँ जम्मा गरिएको हो । शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरले सो राशीमध्ये २० लाख रुपियाँ कल्याण कोषमा जम्मा गर्नका लागि र बाँकी रकम कोरोना प्रभावित नेपाली पत्रकारहरुलाई तत्काल प्रदान गर्नका लागि केन्द्रलाई अनुरोध गरिएको जानकारी दिए ।

संघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सो कोषको अवधारणामा युके शाखाको उल्लेखनीय भूमिका रहेको बताउँदै सहयोगका लागि धन्यवाद दिएका छन् । कोरोना महामारी जस्ता समस्याबाट विश्वभर रहेका नेपाली पत्रकारहरुलाई अहिले परिरहेको र भविष्यमा पर्नसक्ने प्रभावबाट राहत दिन १ करोड रुपियाँका अक्षयकोष बनाउने उद्देश्यले महासंघले सो कोष स्थापना गरेको हो । सो कोषमा हालसम्म करिब ७० लाख रुपियाँ जम्मा भइसकेको बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!