अध्यादेश फिर्ता लिने नेकपाको निर्णय

SHARE:

काठमाडौं पुस १ । सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने भएको छ ।

बुधबार बालुवाटारमा बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठकले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । यस्तै पार्टीका सांसदहरुले संसद बैठकको माग गरेर राष्ट्रपति समक्ष पेश गर्ने भनेको आवेदन समेत फिर्ता लिने निर्णय बैठकले गरेको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश र सांसदहरुले राष्ट्रपति समक्ष संसद बैठकको माग गरेर पेश गर्न लागेको आवेदन फिर्ता लिने निर्णय भएको बताए । उनले भने ‘पार्टीको स्थायी कमिटीको बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने र साथसाथै राष्ट्रपति समक्ष संसदको बैठकको माग गरेर पेश गर्ने भनेको आवेदन पनि फिर्ता गर्ने निर्णय सर्वसम्मतिले गरेको छ ।’

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बसेको संवैधानिक परिषद्को बैठकले कुनैपनि निर्णय नगरेको जानकारी बैठकमा गराएका पनि प्रवक्ता श्रेष्ठले बताए । उनले भने ‘आजको बैठकमा हाम्रो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्रीले हिजोको संवैधानिक परिषद्को बैठकमा संवैधानिक नियुक्तीका लागि सिफारिस सम्बन्धी कुनै निर्णय नभएको पनि जानकारी गराउनुभएको छ ।’

बैठकले स्थायी कमिटीको अर्को बैठक पुष ५ गते बस्ने निर्णय गरेको छ । यस्तै पुष ५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक पुष १० गते बस्ने निर्णय समेत बैठकले गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!