तमु विद्यार्थीलाई छात्रवृत्तिका लागि यूकेबाट ५ लाख हस्तान्तरण

SHARE:

हुम तमु
पोखरा पुस ३ । उच्च शिक्षा हाम्रो लक्ष्यका साथ ग्रामीण भेकका गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको तमु सांस्कृतिक प्रतिष्ठान नेपाललाई छात्रवृत्तिका लागि यूकेबाट ५ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।

तमु धिं एशोसिएसन यूकेबाट ३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापनार्थ ३ लाख ७५ हजार र स्याङ्जा सिरुवारी घर भई यूके निवासी समाजसेवी डेबिड तमुले आफ्नो स्वर्गीय बाबा लालबहादुर तमु तथा आमा उजेली तमुको नाममा १ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापनाका लागि १ लाख २५ हजार गरी ५ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।

तमु धिं एशोसिएसन यूकेद्वारा तमु सांस्कृतिक प्रतिष्ठान नेपालको तमु विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापनार्थ सम्पन्न च्यारिटीमा संकलित अक्षयकोष रकम र समाजसेवी डेबिड तमुले प्रदान गरेको रकम पोखरामा आयोजित रकम हस्तान्तरण कार्यक्रममा तमु धिं यूकेका सल्लाहकार एवम् नेपाल प्रतिनिधि मेजर लक्ष्मीप्रसाद तमु र तमु धिं यूकेका पूर्वअध्यक्ष मुछेत्र तमुले तमु सांस्कृतिक प्रतिष्ठान नेपालका कार्यवाहक अध्यक्ष श्रीजंग तमुलाई हस्तान्तरण गरेका थिए ।

तमु सांस्कृतिक प्रतिष्ठान नेपालका कार्यवाहक अध्यक्ष श्रीजंग तमुको अध्यक्षतामा भएको रकम हस्तान्तरण कार्यक्रममा तमु धिं यूकेका सल्लाहकार एवम् नेपाल प्रतिनिधि मेजर लक्ष्मीप्रसाद तमु, प्रतिष्ठानका सल्लाहकारहरु तेजबहादुर तमु, हर्कबहादुर तमुले मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानले तमु विद्यार्थीका लागि उच्च शिक्षा हासिल गर्न गराउन सहयोग पुर्‍याउन अघि सारेको अभियानहरुमा तमु धिं यूके र अक्षयकोष दाताहरुको प्रशंसा गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अध्यक्ष चिजकाजी तमुले स्वागत मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानको ऐतिहासिकता, उद्देश्य, गतिविधि, आगामी योजना, तमु धिं यूके र सहयोगीहरुको साथका बारेमा प्रष्ट पारेका थिए ।

प्रतिष्ठानको कार्यवाहक अध्यक्ष श्रीजंग तमुको अध्यक्षता र सचिव भेषराज तमुको संचालनमा भएको कार्यक्रममा प्रतिष्ठानका आजीवन सदस्य तथा अक्षयकोषदाता, तमु धिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद तमुकी धर्मपत्नी चन्द्र (प्रेमा) तमुको अल्पायुमै भएको दुखद् निधन र प्रतिष्ठानका सल्लाहकार वरिष्ठ ईञ्जिनियर स्व.लेखबहादुर तमुको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

कार्यक्रममा तमु धिं यूकेका सल्लाहकार अशोक तमु, घान्द्रुक समाज यूकेका अध्यक्ष अर्जुन तमुको विशेष उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!