नेपालमा संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्को सिफारिस

SHARE:

काठमाडौं पुस ५ । नेपालमा संसद् विघटनका लागि मन्त्रिपरिषद्बाट सिफारिस भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओली उक्त प्रस्ताव लगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शीतल निवास पुगेका छन् ।

यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । संसद् विघटनको सिफारिस भएको थाहा पाउनसाथ विभिन्न नेताहरु असंवैधानिक रहेको प्रतिक्रिया जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!