अमेरिकी साइबर आक्रमणमा रूसको भूमिका अस्वीकार

SHARE:

काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसालै गरिएको साइबर हमलामा कुनै पनि भूमिका रहेको भन्ने भनाइलाई रूसले अस्वीकार गरेको छ । महत्वपूर्ण साइबर आक्रमणमा रुसको हात रहेको अमेरिकी आरोप प्रमाणहीन रहेको रूसको दावी छ ।

अमेरिकी सांसदहरूले गत हप्ताको अन्तमा सरकारी एजेन्सीहरूमा भएको साइबर आक्रमणलाई कडा प्रतिक्रियाका लागि आग्रह गरेका र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसप्रति औंला ठड्याउन नचाहेकोमा आलोचना गरेका छन् । रूसलाई ह्याकका लागि जिम्मेवार भन्दै रूसी प्रशासनको अमेरिकी अधिकारीहरूले व्यापक आलोचना लगाइरहेको छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले साइबर हमलाबारे वाशिङ्गटनमा जारी सार्वजनिक बहससँग रूसको कुनै सम्लग्नता नरहेको बताए ।

टेक्सासस्थित आईटी कम्पनी सोलारवाइन्ड्सद्वारा निर्मित उद्यम प्रबन्धन नेटवर्क सफ्टवेयरको प्रयोग गरी आक्रमणकारीहरूले कम्प्युटर नेटवर्कहरूमा आक्रमण गर्न सफल भएका अमेरिकी अधिकारीले बताएका छन् । अमेरिकी ट्रेजरीसहितका सरकारी निकायहरू रहेका व्यक्तिहरू पनि प्रभावित भएका आक्रमण गराउन सहयोग गरेको हुनसक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । यसले विश्वव्यापी साइबर आक्रमणको लक्ष्यमा अमेरिका र अमेरिकी संस्थाहरू परेको देखिएको उनीहरूले बताएका छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!