
लन्डन पुस ८ । नेपाली दूतावास लन्डनले नेपालको भिसा जारी नगर्ने जनाएको छ । दूतावासले मंगलबार अपराह्न विज्ञप्ति जारी गर्दै बुधबारदेखि नेपाल सरकारले अर्को निर्णय नगरेसम्म दूतावासबाट पर्यटक तथा अन्य भिसा जारी नगर्ने जानकारी गराएको हो ।
बेलायतमा कोरोना भाइरसको नयाँ रुप फैलिएको भन्दै नेपाल सरकारको सीसीएमसीले बेलायतबाट नेपाल यात्रा गर्न प्रतिबन्ध लगाएपछि दूतावासले भिसा सम्बन्धी सूचना जारी गरेको हो । नेपाल सरकारले अन्य मुलुकहरुबाट बेलायतमा ट्रान्जिट हुँदै नेपाल जाने यात्रामाथि पनि प्रतिबन्ध लगाएको छ ।
विश्वका करिब ५० मुलुकले सो भाइरस फैलिने डरले बेलायतमा यात्रा प्रतिबन्ध लगाएका छन् ।



