प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले गर्‍यो देशभर प्रदर्शन

SHARE:

काठमाडौं पुस १३ । नेपाली कांग्रेसले सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध देशभर प्रदर्शन गरेको छ ।

देशव्यापी विरोध प्रदर्शनका क्रममा सोमबार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा विभिन्न नेताले सम्बोधनका क्रममा प्रतिनिधिसभा विघटन संविधान विपरीत भएको तर्क गरे । कांग्रेस केन्द्रीय समितिको यही पुस ९ गतेको बैठकले १६५ सङ्घीय निर्वाचन क्षेत्रमा पार्टीका क्षेत्रीय कार्यसमितिको आयोजनामा एकसाथ प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १ नंको नयाँ बानेश्वर चोकमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, २ नंको कोटेश्वर चोकमा प्रवक्ता विश्वप्रकाश शर्मा, ३ नं को जोरपाटी चोकमा केन्द्रीय सदस्य पूर्वमन्त्री अम्बिका बस्नेत, ४ नं को नारायणचौर नक्सालमा प्रदेशसभा सदस्य नरोत्तम वैद्य र राधा घले तथा ५ नंको नारायणगोपालचोक महाराजगञ्जमा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले सम्बोधन गरेका थिए ।

यसैगरी निर्वाचन क्षेत्र नं ६ को मनमैजु लोकतान्त्रिक चोकमा पूर्वमन्त्री भीमसेनदास प्रधान र काठमाडौँ कांग्रेसका सभापति कृष्ण बानियाँ, ७ नं को बालाजु चोकमा नेताहरु मुकुन्द रिजाल र प्रमोदहरि गुरागाईँ, ८ नंको वसन्तपुर डबलीमा पूर्वमन्त्री नवीन्द्रराज जोशी, ९ नंको कलङ्की चोकमा पूर्वसांसद ध्यानगोविन्द रञ्जित र १० नं को कीर्तिपुर बजारमा निवर्तमान पूर्वमन्त्री राजेन्द्रकुमार केसीलगायतले सम्बोधन गरेका थिए । सबै क्षेत्रका विभिन्न स्थानबाट पार्टीका नेता तथा कार्यकर्तासहितको जुलुससभामा परिणत भएको थियो ।

निर्वाचन क्षेत्र नं १ को प्रदर्शनपछि विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्रीले आफ्नो पार्टीभित्रको आन्तरिक कलह व्यवस्थापन गर्न नसकेर संसद् भङ्ग गरेको आरोप लगाए । उनले प्रधानमन्त्री ओलीले दुई तिहाइ मतको कुरा गरे पनि जनप्रतिनिधिबाट विश्वासको मत लिने आँट गर्न नसकेको टिप्पणी गरे ।

सरकारले जनताले पाँच वर्षका लागि दिएको जनादेशानुसार काम गर्न नसकेको र भ्रष्टाचार पनि रोक्न नसकेको नेता सिंहको भनाइ थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!