विविध कार्यक्रम गरी तमुहरुले ल्होछार मनाए, पुस १६ गते तमु धिंमा सामूहिक ल्होछार/ल्होसार

SHARE:

पोखरा १५ पुस । तमुहरुको महान चार्ड, नयाँवर्ष तमु(ल्वों) ल्होछार आगमनको अवसरमा तमुहरुले विविध कार्यक्रम गरी ल्होछार मनाएका छन् ।

च्यु ल्हो(मुसा वर्ग)को बिदाई र ल्वों ल्हो(गाई वर्ग)को स्वागत गर्दै गुम्बा, क्होइबो, समाजघरहरुमा विविध कार्यक्रम गरी ल्होछार मनाएका हुन् । कोभिड १९ कोरोना भाइरसको संक्रमण भए पनि गुम्बा र क्होइबोमा पुजा, ग्रहशान्ति, खेगीहरु, लामा गुरुहरुबाट रिप लगाउदै ल्वोंले सुख, शान्ति र समृद्धिको लिएर आओस भन्दै मनाए ।

यसरी नै तमु समाजहरुमा स्योकैसहित विविध साँस्कृतिक कार्यक्रमहरु गरी ल्होछारमा तमु लगायत विभिन्न समुदायबाट समेत सहभागी भई रमाएका देखिन्थे।
यसरी नै विगत करिब एक दशकदेखि पुस १६ गते कस्केली तमु संघ संस्थाहरुले सामुहिक रुपमा मनाउदै आएको ल्होछार/ल्होसारलाई निरन्तरता दिने क्रममा बिहीवार तमु धिं नेपालको प्राङ्गणमा तमु ल्होछार मनाउने भएको छ। उक्त दिन तमुहरुको परम्परा खेल खुल्ला छेलो प्रतियोगिताले समेत निरन्तरता दिने भएको छ। मादी गाँउपालिकाका अध्यक्ष बेदबहादुर तमु श्यामको पुजनीय बाबाको स्मृतिमा तमुहरुको परम्परागत खेल छेलोको खुल्ला प्रतियोगिता हुने भएको हो।

सामूहिक ल्होछार/ल्होसार कार्यक्रम गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान तमुको प्रमुख आतिथ्यतामा हुने बताइएको छ। कार्यक्रममा राष्ट्रिय चर्चित गायिका सर्मिला गुरुङ, तमु कलाकार संघका कलाकारहरु, जिफानका कलाकारहरु, हिमाली साँस्कृतिक परिवारका कलाकारहरु लगायतका कलाकारहरुले सामुहिक ल्होछार/ल्होसारलाई अति नै मनोरञ्जनात्मक बनाउने मुल आयोजक समितिका संयोजक तमु कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र तमुले बताए।

पुस १५ गतेसम्म आ–आफ्नै संस्थामा संस्थागत रुपमा ल्होछार मनाएका तमुहरु सामुहिक ल्होछार/ल्होसार कार्यक्रममा यस क्षेत्रका सम्पुर्ण तमुहरु एकै थलोमा जुट्ने आयोजक समितिका सहसंयोजक जिफानका अध्यक्ष भोजबहादुर तमुले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!