बौद्ध अर्घौ सदनको पुनःनिर्वाचित कार्यसमितिको पदस्थापन

SHARE:

पोखरा, १५ पुस । पोखरा १० रामघाटस्थित बौद्ध अर्घौ सदनको पुनःनिर्वाचित कार्यसमितिको पुस १५ ल्होछारका दिन सपथ ग्रहण, प्रमाणपत्र वितरणसँगै पदस्थापन गरिएको छ ।

अर्घौ सदनको असोज १० गते पुरानै कार्यसमिति सर्वसम्मत चयन भए पनि विधान अनुसार पुस १५ गते ल्होछारका दिन पदस्थापना गर्ने कार्यक्रम अनुसार बुधवार बौद्ध अर्घौ गुम्बामा एक कार्यक्रमका बिच पुनः निर्वाचित कार्यसमितिलाई सपथ ग्रहण, प्रमाणपत्रसँगै पदस्थापन गरिएको हो।

कार्यक्रममा बौद्ध अर्घौ सदनका पुर्वअध्यक्ष तथा प्रमुख सल्लाहकार क्या.मनबहादुर तमुले अध्यक्ष क्या.भुवनसिं तमुलाई सपथ ग्रहण गराएका थिए भने अध्यक्ष भुवनसिं तमुले सचिवसहित सदस्यहरुलाई सपथ ग्रहण गराइएको थियो।

यसरी नै निर्वाचित अध्यक्ष, सचिव लगायत सदस्यहरुलाई निर्वाचन समितिका संयोजक शंकर तमुले प्रमाणपत्र वितरण र बौद्ध अर्घौ सदन गुम्बाका प्रमुख लामा खेन्पो शिर लामा तमुले खादा लगाएर बधाई ज्ञापन गरेका थिए।

कार्यसमितिमा अध्यक्षमा क्या.भुनसिं तमु, सचिवमा सचिवमा मोति प्रसाद गुरुङ र सदस्यहरुमा क्रमशः क्या. चन्द्र प्रसाद गुरुङ, विल बहादुर गुरुङ, सु.खिम बहादुर गुरुङ, पञ्च कुमारी गुरुङ, जगन बहादुर गुरुङ, कृष्ण बहादुर गुरुङ, प्रभा गुरुङ, कन्या कुमारी गुरुङ, लछीन सुबा गुरुङ रहेकाछन्। सदनको बिधान अनुसार अध्यक्ष र सचिवसहित ९ जना निर्वाचित हुने र ११ सदस्यीय कार्यसमितिको बैठकले पदाधिकारी चयन गर्ने गरिन्छ ।

कारोनाका कहर र बौद्ध अर्घौ सदनमा बहुउद्धेश्यीय गुम्बा निर्माणाधीन अवस्थामा रहेकाले पुनःनिर्वाचित कार्यसमितिलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । पुनःनिर्वाचित अध्यक्ष क्या.भुवनसिं तमुले प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै संस्था र समुदायको हितका लागि आफु र आफ्नो कार्यसमिति टिम वर्कका साथ क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरे। उनले कोरोना संक्रमणका कारण नवनिर्मित गुम्बा निर्माणमा पनि प्रभावित भएकाले पनि सल्लाहकारहरुले सल्लाह सुझाव अनुसार समितिले अर्को कार्यकालका लागि दोहोरिन पर्ने अवस्था आएको र गुम्बा आगामी वर्षको माघ महिनामा उदघाटन गर्ने गरी तयारीमा जुट्ने बताए। नयाँ गुम्बाको करिब ८० प्रतिशत कार्यसम्पन्न भएको उनले बताए ।

निर्वाचन समितिका संयोजक शंकर तमुको अध्यक्षतामा भएको कार्यक्रमको संचालन निर्वाचन समितिका सदस्य वरिष्ठ अधिवक्ता कृष्णबहादुर तमुले गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!