पुसे १५ गीत टिकटक प्रतियोगितामा स्याङ्जा लामडाँडाकी बाबु गुरुङ प्रथम

SHARE:

पोखरा १६ पुस । जातिको महान पर्व तमु ल्होसार/ल्होछारको अवसरमा स्टार्स स्टुडियोद्धारा ङ्यो पुषे १५ गीतमा आयोजित टिकटक प्रतियोगितामा स्याङ्जा लामडाँडाकी बाबु गुरुङ प्रथम भएकी छिन् ।

स्टार्स स्टुडियोकी सञ्चालक, चलचित्र निर्देशक, नायिका, कोरियाग्राफर, कविका साथै नवगायिका जसु गुरुङको शब्द र स्वर, चर्चित संगीतकार तेजेन्द्र गुरुङको संगीतमा रहेको ङ्यो पुषे १५ गीतमा आयोजित प्रतियोगिताका सहभागी ३७ जना प्रतिस्पर्धीहरु मध्ये प्रथम हुँदै आँधीखोला फेन्सी स्टोर्सबाट प्रायोजित गुरुङ पोशाकबाट पुरस्कृत हुने भएकी छिन् ।

प्रविधिलाई कला, सिर्जना र सँस्कृतिसँगै जोड्न र तमु जातिको महान चाड, नयाँबर्ष ल्होसार/ल्होछारलाई उमंगित बनाउन सघाउ पुग्ने गरी आयोजिता टिकटक प्रतियोगिताको उपविजेता बन्दै पोखरा बिरौटाकी स्नेहा गुरुङ दोश्रो हुदै उनी पनि गुरुङ पोशाकबाट पुरस्कृत बन्ने भएकी छिन्।

पुस १५ गते बेलुका घोषित नतिजा अनुसार देवदहकी मञ्जु गुरुङ तृतिय हुदै गुरुङ पोशाक घलेक प्राप्त गर्ने आयोजक स्टार्स स्टुडियोकी सञ्चालिका जसु गुरुङले जानकारी दिइन् । पुरस्कारको प्रायोजन आदिवासी जनजातिका पोशाक, गरगहना, जन्मदेखि मृत्युसम्मका आवाश्यक कर्मगत सामग्री पाइने आँधीखोला फेन्सी स्टोर्सले गरेको थियो।

पुषे १५ गीतको प्रवर्धन, कलाको विकास र प्रदान गरिने पुरस्कारले गुरुङ पोशाकको महत्वलाई महान पर्व तमु ल्होसार/ल्होछारसँग जोड्न आयोजित प्रतियोगिताको सहभागीहरु, पुरस्कार प्रायोजक एवम सहयोगीहरुलाई आयोजक स्टार्स स्टुडियोले धन्यवाद व्यक्त गरेको छ ।

कोभिड १९ कोरोना भाइरसको कहरको अवस्थामा स्टार्स स्टुडियोले आफ्नो वार्षिकोत्सवको अवसरमा प्रविधी मार्फत खुल्ला कविता प्रतियोगिता सम्पन्न गरेको छ भने खुल्ला एकल नृत्य प्रतियोगिता जारी रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!