कोरोना संक्रमण रोक्न इंल्यान्डमा तेस्रोपटक देशव्यापी लकडाउन घोषणा

SHARE:

लन्डन पुस २१ । कोरोना भाइरस संक्रमण व्यापक बनेपछि इङ्ल्यान्डमा तेस्रोपटक देशव्यापी लकडाउन घोषणा गरिएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार साँझ लकडाउन घोषणा गरेका हुन् । टेलिभिजन सम्बोधनमा करिब डेढ महिना अर्थात् मध्य फेब्रुअरीसम्म लकडाउन जारी रहने बताए । यसअघि पहिलो चरणमा गत मार्च र दोस्रोपटक नोभेम्बरमा लकडाउन गरिएको थियो ।

जोन्सनले ‘की–वर्कर’ र कन्स्ट्रक्सनका कामदारबाहेक अरूलाई घरैबाट काम गर्न आह्वान गरेका छन् ।

के के गर्न पाइने, के नपाइने

  • खाद्यान्न र औषधि किनमेल, दिनको एकपटक घरनजिक शारीरिक अभ्यास
  • जोखिममा रहेका मानिसको रेखदेख औषधोपचार वा कोभिड परीक्षणजस्ता अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन प्रतिबन्ध
  • प्राथमिक र माध्यमिक विद्यालय तथा कलेज बन्द गरी मंगलबारदेखि अनलाइन कक्षा सुरु र परीक्षा स्थगित
  • बैंक, फार्मेसी, सुपरमार्केट, अफ लाइसेन्स, बिल्डिङ र गार्डेन सेन्टर, कार वास, कार मर्मत पसल, बाइक पसल, लन्ड्री, प्रार्थना वा पूजास्थल भने खुला रेस्टुरेन्टले टेकवे र डेलिभरीबाहेक अल्कोहल र सिटिङ सर्भ गर्न पाउँदैनन् ।
  • हस्पिटालिटी क्षेत्र (होटल, होस्टल, क्याम्प साइट), पर्सनल केयर बिजनेस, ब्युटी सलुन, हेयर ड्रेसर, मसाज, स्पा, ट्याटु, थोक तथा खुद्रा कपडा पसल, सिनेमा, संग्रहालय, क्यासिनो, चिडियाखाना, आउटडोर जिम, स्केटिङ, बलिङ, गल्फजस्ता खेल गतिविधि आदि बन्द हुने
  • बेलायतमा कोरोना भाइरसको नयाँ स्वरूप तीव्रतापूर्वक फैलिइरहँदा सोमबार २४ घण्टामा ५८ हजार ७ सय ८४ नयाँ संक्रमित थपिएका छन् । दैनिक संक्रमित संख्या ५० हजार नाघेको यो लगातार सातौं दिन हो । बेलायतमा सोमबार थप ४ सय ७ जनाले ज्यान गुमाएसँगै मृतक संख्या ७५ हजार ४ सय ३१ पुगेको छ ।

अब संयुक्त अधिराज्यका इङ्ल्यान्ड, वेल्स, नर्दन आयरल्यान्ड र स्कटल्यान्ड गरी चारवटै राज्य लकडाउनको मारमा परेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!