तमु सञ्चारकर्मी संघ नेपालद्वारा सञ्‍चारकर्मीहरुलाई पुरस्कार

SHARE:

काठमाडौं पुस २६ । तमु सञ्चारकर्मी संघ नेपालद्वारा सञ्‍चारकर्मीहरुलाई पुरस्कार प्रदान गरिएको छ ।

शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सञ्‍चारकर्मीहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले पुरस्कार प्रदान गरेका हुन् । सम्मानित हुनेहरुमा ‘सुश्री भद्राकुमारी घले’ पत्रकारिता पुरस्कार २०७७” बाट केशव गुरुङ, इण्डिजिनियस टेलिभिजनका अनिता गुरुङ,’पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ’ पत्रकारिता पुरस्कारबाट हाइलाइट्स टुरिजम अनलाइनका क्रियटिभ एडिटर अनिता गुरुङ, रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत अमरध्वज लामा, ‘तमू ल्होछार मूल आयोजक समिति तमू’ पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिकाका वरिष्ठ उपसम्पादक दीपेन्द्र गुरुङ पुरस्कृत भएका छन् ।

यसैगरी ‘आदिकवि हर्कबहादुर गुरुङ स्मृति’पत्रकारिता पुरस्कारबाट रेडियो अन्नपूर्णका प्राविधिक दिल गुरुङ, ‘लक्ष्मी गुरुङ’पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने चितवन पोष्टका तुलमान गुरुङ, ‘सिआइ टेकबहादुर तथा रसकुमारी गुरुङ’ पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिकाका गोरखा संवाददाता केशव गुरुङ पुरस्कृत भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!