लन्डन पुस २६ । तमुधिं यूकेका पूर्वअध्यक्ष एवं व्यवसायी कमल गुरूङलाई मातृशोक परेको । पूर्वअध्यक्ष गुरुङका आमा लालशोभा गुरूङको ९५ वर्षको उमेरमा आइतबार बिहान बेलायतको बेजिङस्टोकमा निधन भएको हो । मृतक लालशोभा गैरआवासीय नेपाली संघ (एनआरएनए ) यूकेको अध्यक्ष पुनम गुरूङकी सासुआमा हुन् ।
पारिवारिक स्रोतका अनुसार लालशोभा केही सातायता अस्वस्था थिइन् ।
स्व. श्रीमती लालशोभा गुरुङको पुरानो गाउँ कास्की भादौरे भइपछि चितवन बसाइ सरेकी थिइन् । केही दशकयता यूके बस्दै थालेकी थिइन् ।
लालशोभाको निधनमा नेपाल र बेलायतका विभिन्न संस्था, संगठन र व्यक्तिहरुले दु:ख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै यस दु:खद घडीमा शोक सन्तप्त परिवारजनप्रति विभिन्न माध्यमबाट समवेदना प्रकट गरिहेका छन् । र्दछौ र दिबङगत म्रीतआत्माको चीर शान्तीको कामना गर्दै भाबपूर्ण श्रध्दान्जली अर्पण गर्दछौ ।


