तमु समाज यूकेले मनायो भर्चुअल माध्यमबाट ल्वोँ लोछार/लोसार

SHARE:

लन्डन पुस २७ । तमु समाज यूकेले भर्चुअल माध्यमबाट ल्वोँ लोछार/लोसार मनाएको छ ।

आइतबार १० जनवरी २०२१ का दिन मुसा वर्गलाई बिदाई गरी गाई वर्गलाई स्वागत गर्दै ल्वोँ लोछार/लोसार कार्यक्रम सम्पन्‍न गरिएको हो । कार्यक्रममा ल्वोँ लोछार/लोसार मुखपत्र ‘सलि ट’ स्मारिका तेस्रो अंक विमोचन गरिएको छ ।

तमु समाज यूकेका अध्यक्ष शिवचन्द्र गुरुङले बत्ति बलेर शुभारम्भ गरेको कार्यक्रम समाजका महासचिव हर्कबहादुर गुरुङले संचालन गरेका थिए । उद्घाटन लगत्तै तमु समाज यूकेको कार्यसमिति सदस्य स्व. खुशिमान गुरुङको साथै सम्पूर्ण दिवंगत भएकाहरुको सम्झनामा २ मिनेट मौनधारण गरिएको थियो । साथै स्वास्थ्य समस्यामा रहेका सम्पूर्ण मानव जातिलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष शिवकुमार गुरुङले स्वागत मन्तव्य र महासचिव हर्कबहादुर गुरुङले तमु समाज यूकेको पाँचौ कार्यसमितिले २०१९/ २०२० मा उल्लेखनीय कार्यहरु गरेको सहर्ष जानकारी गराएका थिए । उनले समाजले विगत दुई वर्षको अवधिमा गरेका सामाजिक कार्य तथा कार्यक्रमहरु संक्षेपमा बताएका थिए । तत्पश्‍चात तमु समाज यूकेका अध्यक्ष शिवचन्द्र गुरुङबाट कार्यक्रममा उपस्थित सम्पूर्णलाई साथै तमु (गुरुङ) हरुको महान् पर्व पुस पन्ध्र (१५) मुसा वर्गलाई बिदाई गरी गाई वर्गलाई स्वागत गर्दै मनाइने पर्व ल्वोँ लोछार/लोसारको अवसरमा देश, विदेशमा बस्ने तमुहरु तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ एवं दीर्घायुको शुभकामना (आशिमालाँ) व्यक्त गरे । त्यस्तै अध्यक्ष गुरुङले समाजले अहिलेसम्म गरेका उपलब्धिहरूको चर्चा गर्दै सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिएका थिए ।

तमु समाज यूकेको मुख पत्र सलि ट (सुनखरी) को संयोजक तथा सल्लाहकर लेखबहादुर गुरुङले पत्र सलि ट (सुनखरी) को विषयमा विस्तृत जानकारी दिँदै लेख रचना उपलब्ध गराउने, स्पोन्सर गर्ने सम्पूर्णलाई धन्यवाद दिएपछि विमोचन कार्यक्रम सम्पन्न भएको थियो । साथै आफूलाई दिएको ज़िम्मेवारी सफलताका साथ सम्पन्न गर्न पाउँदा समाजका अध्यक्ष शिवचन्द्र गुरुङलगायत सम्पूर्ण तमु समाज यूकेलाई हार्दिक धन्यवाद दिएका थिए । त्यसक्रममा शुभकमना पत्र पठाएर नेपाल सरकार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङ, शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ, तमु ह्युल छोंजधिं (गुरुङ राष्ट्रिय परिषद्) नेपालका अध्यक्ष रेशम गुरुङलगायत सम्पूर्णलाई धन्यवाद दिएका थिए । साथै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) नेपाल का अध्यक्ष एवं नागरिक खबर डटकमका सम्पादक डण्ड गुरुङ, पत्रकार पूर्ण गुरुङलाई पनि धन्यवाद ज्ञापन गरिएको थियो ।

सोही अवसरमा तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरूङबाट गुरुङ भाषा र नेपालीमा शुभकामनासहित समाजले अहिलेसम्म अति प्रशंसनीय काम गर्दै आएको स्मरण गर्दै कोभिड १९ को बेलामा अति उत्कृष्ट काम गरेकोमा सम्पूर्णलाई बधाई दिए । व्यस्तताका बाबजुद जोस, जाँगर र समाजसेवाको भावनाले समाजको नाम सधैं उच्च राख्न अध्यक्षलगायत सबै सदस्यहरुले एकदमै राम्रो काम गरेको भन्दै संस्थापक अध्यक्ष गुरुङले समाजप्रति पुर्‍याएको र सबै कार्यक्रममा दिएको दानका लागि मुरीमुरी धन्यवाद भनेको थिए । त्यस्तै सलि ट निरन्तर रुपमा तेस्रो अंक प्रकाशन भएकोमा खुसी व्यक्त गर्दै संयोजक तथा सल्लाहकर लेखबहादुर गुरुङलगायत सम्पूर्ण सहयोगीहरूलाई पनि शुभकामना दिइएको थियो ।

त्यसपछि कार्यक्रममा फस्ट लेडी मिरा गुरुङ, निवर्तमान अध्यक्ष अर्जुनकुमार गुरुङ, सल्लाहकार सुवाससिंह गुरुङ, सल्लाहकार तथा निवर्तमान उपाध्यक्ष मिस बिजु गुरूड, आमा समूह अध्यक्ष बिन्दु घले, सल्लाहकार तथा आमा समूह निवर्तमान अध्यक्ष माया गुरूङ, समाज घर मेनेजर तथा सल्लाहकार बाबुराम गुरुङ, सल्लाहकार तथा तनहुँ जिल्ला समाज यूकेका अध्यक्ष लेख गुरुङ, सल्लाहकार एवं निवर्तमान महसचिव ज्ञान गुरुङ, युथ चियरमेन एवं सचिव ओमकार गुरुङ, पब्लिक फन्ड संयोजक क्याप्टेन तेसरजङ गुरुङ, सल्लाहकार तथा संस्थापक अध्यक्ष गुरुङ समाज गोर्खा जिल्ला यूकेका लेप्टेन थमप्रसाद गुरुङ, सल्लाहकार तथा पूर्व कोषाध्यक्ष निवर्तमान संयोजक केदरबहदुर गुरुङ, आजीवन सदस्य साथै अध्यक्ष RYOUKCIO बुद्धिस्ट सेन्टरका क्याप्टेन जीवनकुमार गुरुङ, निवर्तमान कोषाध्यक्ष उदय गुरुङबाट लोछार/ल्होसारको आशीमलाँ ब्यक्त भएको थियो ।

कार्यक्रमको अन्त्यतिर अध्यक्ष शिवचन्द्र गुरुङबाट उपस्थिति सबैलाई धन्यवाद साथै ल्होछार/ल्होसारको आशीमलाँ ब्यक्त गर्दै मुखपत्र सलि ट (सुनखरी)का संयोजक लेखबहादुर गुरुङलाई धेरै धेरै धन्यवाद व्यक्त गरेका थिए । भर्चुअल ल्होछार/लोसार कार्यक्रम संचालन गर्ने उपाध्यक्ष शिवकुमार गुरुङका साथै निवर्तमान अध्यक्ष अर्जुनकुमार गुरुङले अहम् भूमिका निभाएकोमा हार्दिक धन्यवाद दिइएको थियो ।

अन्त्यमा महासचिव हर्कबहादुर गुरुङले सम्पूर्ण सहभागीलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए । उनलाई कार्यक्रम संचालन गरेकोमा उपाध्यक्ष शिवकुमार गुरुङले हार्दिक धन्यवाद दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!