फोनिज यूकेले समसामयिक विषयमा भर्चुअल अन्तर्क्रिया गर्दै

SHARE:

लन्डन पुस २८ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत शाखा (फोनिज) यूकेले यही १६ जनवरी शनिबार विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थितिमा जनजाति आन्दोलनबारे अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ ।

वर्तमान राजनीतिसँगै जनजातिको वर्तमान अवस्थालाई मध्यनजर गरी “जनजाती आन्दोलनमा नेफिन र फोनिजको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको फोनिज यूकेले जनाएको छ । उनका अनुसार कार्यक्रम बेलायतको समयअनुसार बिहान ११ बजेबाट सुरु हुनेछ ।

विश्‍व महामारीको रुपमा फैलिरहेको कोरोनाको जोखिमका बीच भर्चुअल माध्यमबाट गर्न लागिएको जनचेतनामूलक कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगत बरम प्रमुख अतिथि रहने छन् ।

त्यस्तै फोनिज संघीय समिति नेपालका केन्द्रीय अध्यक्ष डण्ड गुरुङ, आदिवासी अभियन्ता डा. ओम गुरुङ, फोनिज संघीय समितिका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार खिम घले लगायतको विशेष आतिथ्यमा कार्यक्रम हुनेछ । कार्यक्रममा बेलायतमा रहेका सबै जातीय संस्थाहरु साथै फोनिज यूकेमा आबद्ध पत्रकारहरु र समाजका बुद्धिजीवीहरु सहभागी हुने आयोजकले जनाएको छ ।

समय अनुकूल भएसम्म सहभागी हुन फोनिज यूकेले सबैजनामा अनुरोध समेत गरेको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!