पूर्वाग्रही भएर आफ्नोबारे समाचार लेखिएको भन्दै पत्रकार खपाङ्गीको आपत्ति

SHARE:

लन्डन पुस २८ । नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश खपाङ्गी मगरले एनआरएनए यूकेको गत निर्वाचनमा भएको आर्थिक कारोबारमा आफ्नो भूमिकै नभएको विषयमा विभिन्‍न समाचार माध्यमले पूर्वाग्रही भएर समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति जनाएका छन् ।

अध्यक्ष खपाङ्गी मगरले सोमबार सामाजिक सञ्जालबाट प्रतिक्रिया जनाउँदै कुनै जिज्ञासा भए एनआरएनए निर्वाचन समितिका कोषाध्यक्ष विकास रनपैली, संयोजक मे. रि. डमर घले, निर्वाचन समितिका प्रवक्ता रहेका सहसंयोजक शिवजी श्रेष्ठलाई सोध्न सकिनेमा बिनाआधार तस्बिरसहित समाचार छापेर सिलौटी टाइम्सका प्रधान सम्पादकले आफ्नै मर्यादा गिराउने काम गरेको टिप्पणी गरेका छन् ।

‘आर्थिक कारोबारका बारेमा कुनै भूमिका नरहेको मेरो तस्बिरसमेत राखेर समाचार प्रकाशन गर्नुले प्रधानसम्पादकको मप्रतिको व्यक्तिगत पूर्वाग्रह मात्र होइन पेशागत असक्षमता पनि पुष्टि हुन्छ,’ अध्यक्ष खपाङ्गीको प्रतिक्रिया छ,’साथसाथै पत्रकार महासंघ र फोनिजले गरेको कारबाही पनि पुन: एकपटक प्रमाणित हुन पुगेको छ ।’

समाचार तयार पार्दा आफूलाई कुनै जिज्ञासा नराखी समिति सदस्य सचिव नरेश खपांगीलाई जानकारी गराउन खोज्दा मौन बसेको भनिएकोमा सम्बन्धित समाचार माध्यमले झुटको खेती गरेको उनले उल्लेख गरेका छन् । ‘सो समाचारका बारेमा न सिलौटी टाइम्सका कुनै प्रतिनिधिले न त निज प्रधानसम्पादक खुशी लिम्बुले अहिलेसम्म मलाई कुनै सम्पर्क नै गरेका छन् । झुटको पनि हद हुन्छ नि ! अझ म मौन बसेँ रे,’ उनको स्टाटस्‌मा लेखिएको छ ।

अध्यक्ष खपाङ्गगीको प्रतिक्रिया जस्ताको तस्तै

नेपाल पत्रकार महासंघ र नेपाल आदिवासी जनजाति पत्रकार महासंघको साधारण सदस्यबाट समेत निष्कासित खुशीमान तावा लिम्बु प्रधान सम्पादक रहेको र पत्रकार आचारसंहिताविपरीत कार्य गरेवापत प्रेस काउन्सिल नेपालको कारबाहीमा परेको ‘सिलौटीटाइम्स डटकम’ले आज ‘निर्वाचन शुल्कका लागि उठेको सत्ताइस सय पाउण्ड गायब: कसले खायो ?’ शीर्षकको समाचारमा असान्दर्भिक रुपमा मेरो तस्वीरसहित समाचार प्रकाशन गरेको रहेछ ।
१. एनआरएनए युकेको गत निर्वाचनका बारेमा प्रकाशित सो समाचारका बारेमा मलाई कुनै सम्पर्क नै नगरी ‘..समितिका सदस्यसचिव नरेश खपांगीलाई यस बारेमा जानकारी गराउन सिलौटी टाइम्सले आग्रह गरेको थियो । तर उनी पनि यस विषयमा मौन छन्’ लेखिएको रहेछ । तर सो समाचारका बारेमा न सिलौटी टाइम्सका कुनै प्रतिनिधिले न त निज प्रधानसम्पादक खुशी लिम्बुले अहिलेसम्म मलाई कुनै सम्पर्क नै गरेका छन् । झुटको पनि हद हुन्छ नि । अझ म मौन बसेँ रे ।
२. एनआरएनए युकेको गत निर्वाचनमा भएको आर्थिक कारोबार बारेमा कुनै जिज्ञासा भए सो समितिका कोषाध्यक्ष विकास रनपैली, संयोजक मे. रि. डमर घले, निर्वाचन समितिका प्रवक्तासमेत रहेका सहसंयोजक शिवजी श्रेष्ठलाई सोध्न सकिन्छ । उहाँहरु कोही पनि भूमिगत हुनुभएको मलाई अहिलेसम्म जानकारी छैन । तर आर्थिक कारोबारका बारेमा कुनै भूमिका नरहेको मेरो तस्वीर समेत राखेर समाचार प्रकाशन गर्नुले प्रधानसम्पादकको मप्रतिको व्यक्तिगत पूर्वाग्रह मात्र होइन पेशागत असक्षमता पनि पुष्टि हुन्छ । साथसाथै पत्रकार महासंघ र फोनिजले गरेको कारबाही पनि पुन: एकपटक प्रमाणित हुन पुगेको छ ।
३. विगत २० वर्षको पत्रकारिताको अध्ययन र अभ्यासका क्रममा मैले पटकपटक भन्दै आएको छु -पीत पत्रकारिताबाट पीडितमध्येमा म पनि एक हुँ । शायद आउने कैयौँ वर्षसम्म यो उद्धरण दोहोर्याइरहन पर्नेछ । २०५८ सालतिर मिडिया प्वाइन्टमा पत्रकारिताको तालिमका क्रममा गुरुहरुले भन्नुहुन्थ्यो -पत्रकारितामा त्यस्तो शक्ति छ जो चुल्होमा पर्यो भने खाना पाक्छ । छानामा पर्यो भने घरबास उठाउँछ । शायद यस्तै परिणति हुने भएर त्यसो भनिएको होला ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!