नन्दकुमारी गुरुङ
हे भगवान संसारलाई एकै ठाउँमा बाँधी दिने
आफू चाहिँ फ्रि भिसा, फ्रि टिकटमा सारा ठाउँमा पुग्ने,
के हो तिम्रो नाउ, के हो तिम्रो ठाउँ, दुनियाँलाई रुवाउने, बुढाबुढी पनि भनेनौं, कल्कलाउँदो जवानी पनि भनेनौं
ठूला बडा धनी मानीदेखि राष्ट्रपति, प्रधानमन्त्रीलाई छोडेनौं
कलीयुगमा असत्य, अत्याचारी बढिरहेको अवस्था छ
मांस भनेपछि सास भएका प्राणी सबैथोक खाइरहेछ
यो चिज खाने म मैले बुझेको चाइना र कोरियामा बढी
हुन पनि चाइनाको वुहानबाट आएको कोरोना भाइरस भनेकै छ,
चाइनीजले आत्तिएर कुकुर र बिरालोको मासु छाड्छु भनेछ ।






