लन्डन । तमुधिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङकी श्रीमती चन्द्र (प्रेमा) ५० वर्षकै उमेरमा गत महिना बेलायतमा निधन भएको थियो । स्व. गुरुङ रेडिङस्थित रोयल वार्कसाएर हस्पिटलमा काम गर्थिन् । उनको असामयिक निधनले हस्पिटलमा सँगै काम गर्ने साथीहरुलाई ठूलो चोट पुगेको छ । र प्रेमाको नाममा उनीहरुले आर्थिक संकलन गरेर नेपालमा केही सामाजिक क्षेत्रमा सहयोग गरेका छन् ।
श्रीमती उषा गुरुङ र श्रीमती यामकुमारी थापाको सक्रिय सहकार्यमा २ लाख १८ हजार प्रेमाको नाममा संकलन गरी यही जनवरी महिनाको भिन्नभिन्नै मितिमा निम्न व्यक्ति र संस्थालाई बुझाएको खबर प्रेमाका श्रीमान् मिनप्रसाद गुरूङले गोर्खा मिडियालाई बताएका छन् ।
रमेश प्रसाईंको श्रीमती नन्द सिंहबाट संचालित बालबालिकहरुका लागि रु. १ लाख, क्यान्सर पीडितका लागि रु. ५० हजार, रासकोट कम्युनिटी हस्पिटल-रबि लामिछाने फाउन्डेशनलाई रु. ५० हजार र ईन्द्रेणीका सन्चालक कृष्ण कडेललाई रु. १८ हजार दिएको बताएका छन् ।