तमु आदिकवि स्व.हर्कबहादुर गुरुङको सालिक अनावरण

SHARE:

पोखरा ११, माघ । तमु भाषका आदिकवि स्वर्गीय हर्कबहादुर गुरुङको नवनिर्मित सालिक अनावरण गरिएको छ ।

आदिकवि स्व. गुरुङको ८४ औं जन्म जयन्तीका दिन आइतबार उनकै गाउँ स्याङ्जा फेदिखोला गाउँपालिका वडा नं.–१, रामकोटमा प्रमुख अतिथी गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले अनावरण गरेका हुन् ।

तमु आदिकावि स्व. हर्क बहादुर गुरुङ स्मृति प्रतिष्ठान फेदिखोला गाउँपालिकाद्वारा रामकोटमा आयोजित कार्यक्रममा स्व. गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्दै आदिकविको योगदानको सम्मान हुनुपर्ने बताए । तमु भाषामा गीत लेखन, गायनका सुत्रधार स्व. गुरुङको प्रकाशित, अप्रकाशित कृतिको संरक्षणका साथै प्रकाशन जरुरी रहेको उनले भनाइ राखे । नेपालमा रहेका विविधता नै पहिचान भएकोले सांस्कृतिक, भाषिक संरक्षण र विकाशमा ध्यान दिनु पर्ने जोड दिँदै मन्त्री गुरुङले स्व. गुरुङको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठान सँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य मिन प्रसाद गुरुङले स्व. गुरुङलाई तमुहरुले मात्रै नभई राज्यले नै आदिकवि घोषणा गर्नु पर्ने माग गरे । आदिकवि स्व. गुरुङको विषय फेदिखोला गाउँपालिकाले पाठ्य विषय वस्तुमा समावेश गर्न तयारी गरिरहेकोमा खुशी व्यक्त गर्दै श्रष्टाको शालिक स्थापनाले पर्यटन प्रर्वदनमा समेत टेवा पुग्ने बताए । स्रष्टा राज्यको निधि भएकाले स्रष्टाका कृति संरक्षण र प्रकाशनमा जोड दिनु पर्ने बताए ।

तमु धिं नेपाल अध्यक्ष हुम बहादुर तमुले तमु आदिकवि स्व. हर्क बहादुर गुरुङ शिक्षा, सचेतना, राष्ट्रसेवा, सामाजिक न्यायका सांस्कृतिक अभियन्ता भएको बताए । उनको सिर्जना र जागरण अभियान सबैको लागि उदाहरणीय भएको बताए ।

फेदिखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले तमु आदिकवि स्व.हर्क बहादुर गुरुङलाई सम्मान गर्न कुनै कञ्जुस्याई नगरिएको बताए । गाउँपालिका स्व. हर्क बहादुर गुरुङको बारेमा पाठ्यक्रममा समावेश र शालिक सहितको पार्क निर्माणमा जुटेको बताउँदै उनले गुरुङ मात्र होइन फेदिखोलाको स्रष्टालाई राष्ट्रले आदिकवि घोषणा गर्न माग गरे ।

कार्यक्रममा बहादुर सिंह गुरुङ र तेज बहादुर चाक्लीले कविता वाचन गरेका थिए भने प्रतिष्ठानका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षता, निर्माण समितिका संयोजक लाला गुरुङले स्वागत मन्तव्य र प्रतिष्ठानका सचिव अविलास गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

तमु आदिकवि स्व. हर्क बहादुर गुरुङको शालिक सहितको पार्क निर्माणमा फेदिखोला गाउँपालिका जुटेकोछ । स्व. गुरुङले “क्यु दे थुलेन दुःख मुना” लगायतका साढे तीन दर्जन गीत लेखन र गायन गर्दै गाउँ बस्ती बस्ती जागरुक गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!