फूलको मुस्कान

SHARE:

चिम्खोले काइँला

बेलायत । साहित्यकार, समाजसेवी, कलाकार तथा स्वस्थकर्मी घन बहादुर थापाज्यूको फूलको मुस्कान गीतसंग्रह एक महिना अगाडी प्राप्त गरेको थिए। उहाँले मलाई हुलाकमार्फत पथाइदिनु भएको थियो। मेरा कृतिहरु गोलार्द्धलाई चक्कर मार्दा र हस्त-नेत्र स्मृतिग्रन्थ लेखन र सम्पादनको कारणले गर्दा गीतसंग्रह पढ्ने मौका मिलेको थिएन। यस गीतसंग्रहको बारेका एक दुइ शब्द लेख्ने प्रबल इच्छा हुँदाहुँदै पनि लेख्न सकिरहेको थिएन। बल्ल आज केहि शब्द लेख्न जमर्को गर्दै छु।

फूलको मुस्कानको फ्रन्ट कभर हेरे आकाशे निलो ब्याक ग्राउण्डमा रातो अनि कलेजी रंगको सुन्दर फूलहरु राखिएको रहेछ। ति फूलहरुको माथिल्लो भागमा धुपीको सल्लो देख्छु। फुलहरुले यस पुस्तकलाई सुन्दर बनाएको छ भने धुपी सल्लोले मिठो बास्ना दिएको महसुस गरेको छु । पछाडी फर्काएर ब्याक कभर पल्टाएर हेर्छु गीतकारज्यु र उनीका श्रीमती कृष्णाजीलाई देख्छु। कृष्णाजीलाई सुन्दर देख्नुको साथै फूल झैँ मुस्काएको पाउछु। सायद गीतकार तथा घनको मायामा चुर्लुम्म डुबेर होला यति बिध्न मुस्काए जस्तो लाग्छ। साँच्चिकै भन्ने हो भने यो जोडीलाई मैले बेलायतको नेपाली समाजमा सधैभरि फूल झैँ मुस्काएको तथा धुपिले झैँ मिठो बास्ना दिएको देखिरहेको छु।

गीतसंग्रह सरसर्ती हेर्दै जान्छु संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदीज्यु तथा साहित्यकार डा. दुबसु क्षेत्रीज्यु, नेपाली साहित्य परिषद युकेका संस्थापक एबं पुर्ब अध्यक्षहरु तथा साहित्यकारहरु सुरेशजंग शाह, हरिसिङ थापा र श्रवन मुकारुङले शुभकामना तथा भूमिका लेखिदिएका रहेछन भने प्रकाशन नेपाली साहित्य परिषद युकेले गरेको रहेछ। गीतकारज्युले यस गीतसंग्रहमा १३१ वटा गीतहरु समाबेश गरेका छन। गीतकार घन बहादुरको पहिलो, दोस्रो र तेस्रो गीत यिनकै श्रीमतीकृष्णालाई समर्पित गरेको जस्तो भान हुन्छ मलाइ। जस्तो कि:

पहिलो गीत:
सबैभन्दा पहिला मैले तिमीलाई नै देखेको हो
साँच्चै रै’छ पाउने एउटा भाबिले नै लेखेको यो

दोस्रो गीत:
जेजे दिन्छौँ त्यहि खान्छु जहान लान्छौं उहीं जान्छु
जेजे भन्छौं सबै मान्छु धोका दिए मरिजान्छु

तेस्रो गीत:
तिमी भन्दा लाज लाग्ला हजुर भन्छु मैले
मलाई बरु भन्नुहोस तिमी खुशी हुन्छु जहिले

गीतकार घन थापाज्युले उनका श्रीमती कृष्णालाई तपाईं हजुर नै भनेर सम्मान गरेको देखेको छु। उनले उनका श्रीमती कृष्णालाई मात्र होइन स-साना बालबालिका, युबायुबती, बृद्धावृद्धि बाबाआमा, लगायत सम्पूर्ण स्वदेशी तथा बिदेशी नागरिकलाई त्यतिकै सम्मान गरेको पाएको छु। गीत संग्रहमा माया प्रेमको गीत मात्र होइन आफ्नो आमाबाबा, इस्ट मित्र, साथिभाइ, जन्मथलो, कर्मथलो लगायत देश भक्तिले ओतप्रोतभएका गीतहरुलाइ यस गीत संग्रहमा समाबेश गरेका छन। जस्तै:

आफ्नै गाउँघर माया सुन्दर गाउँघर
जहाँ जाउँ प्रिय तिमी
माया नमार मेरो माया नमार

नबिर्स गाउँलाई जन्मेको ठाउँलाई नबिर्स हामीलाई
जहाँ गए पनि टाढा भए पनि नबिर्स आफुलाई

नेपाली माटो बिकाशको बाटो यहि फल्छन हिरामोती
फर्केर आऊ पाखुरा चलाउ बिदेशमा छौं जति

स्वर्ग भन्दा प्यारो लाग्छ आफ्नै रस्ती बस्ति
जहाँ जाउँ गाउँको माया लाग्छ मलाइ अति

साहित्यकार घन बहादुर थापाको जन्म स्याङ्जा जिल्ला, क्याक्मी हरिनासमा बहेको हो भने हालमा उनि उनका श्रीमती कृष्णा थापा मगर, छोरी किरण थापा मगर र छोरा शेरजंग थापा मगर बेलायतको क्यान्टबरी भन्ने ठाउँमा गसोबास गर्दै आउनु भएको छ। साहित्यकार मगर संघ युकेका संरक्षक हुन भने उनि बेलायतका बिभिन्न संग संस्था हरुमा आबद्ध रहेका छन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!