चन्द्रमाया गुरुङको स्मृतिमा तमुधिं आमा समूह यूकेबाट नेपालमा २ लाख १८ हज़ार ६८२ सहयोग

SHARE:

मिनप्रसादले पनि दिए १ लाख

लन्डन माघ १२ । तमु धिं यूकेका संस्थापक अध्यक्ष एवं वरिष्ठ समाजसेवी मिनप्रसाद गुरुङक़ो धर्मपत्नी, तमुधिं यूके आमा समूहकै नेतृत्व, प्रतिभाशाली मिज़ासिलो व्यक्तित्व, ममतामयी एक आमा स्वर्गीय चन्द्रमाया गुरूङलाई हामीले गुमाएको सोमबार ४९ दिन पुगेछ । स्वर्गलोकमा पनि यहाँजस्तै असल व्यक्तिको खाँचों हुँदोरहेछ भन्ने साक्षात प्रमाण छाडी चाँडै नै भगवानको शरणमा बिलिन भयौ । तिम्रो भौतिक शरीर हामीमाझ नरहे पनि हामी तमुधिं आमा समूहले सम्झना गरेको छ ।

तमुधिं यूके आमा समूहकी अध्यक्ष मन्जु (सीता) गुरुङको पहलमा दिदीबहिनीहरुले स्वर्गीय चन्द्रमायाको आत्माले चीरशान्तिको कामना गर्दै दिलबाट दान गरेका रक़म ज़म्मा २ लाख १८ हजार ६८२ सोमबार नेपालमा स्वर्गीय चन्द्र गुरुङको ४९ दिनको पुण्यतिथिमा सहयोग गरेका छौं । जसमा एक लाख अनाथ आश्रम मुस्कान सेवा नेपाल, एक लाख क्यान्सर पीड़ित दुई जनालाई र बाँक़ी १८ हजार ६८२ बुद्ध अर्घौ सदन पोखरा गुम्बाका विद्यार्थीहरुलाई बुद्ध अर्घौ सदनको पवित्र प्रांगंणमा तमुधिं आमा समूह यूकेकी सल्लाहकार लक्ष्मी गुरुङको प्रतिनिधित्वमा हस्तान्तरण गर्न सफल भएको तमुधिं आमा समूह यूकेका महासचिव तथा संयोजक यशोदा गुरुङले जानकारी दिइन् ।

साथै आज ४९ औ दिनको अवसरमा बीसींसी गुम्बामा बेलायतमा १०८ बत्ती तमुधिं आमा समूहको तर्फ़बाट बालीएको थियो ।

यसैबीच तमु धिं यूकेका संस्थापक अध्यक्ष एवं वरिष्ठ समाजसेवी मिनप्रसाद गुरुङले पनि एक लाख रुपैयाँ सहयोग गरेको छ । गुरुङले क्यान्सरका बिरामीलाई ५० हजार र लामाको अक्षय कोष निर्माणका लागि ५० हजार सहयोग गरिएको जानकारी दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!