चिम्खोले काइँला
बेलायत । स्वर्गीय हस्त कुमार गर्बुजा र स्वर्गीय नेत्र कुमारी गर्बुजाको स्मृतिमा प्रकाशित गरिएको पुस्तक “आधा यात्रा” स्मृतिग्रन्थ बिमोचन भएको छ।
आज जनवरी २९ २०२१ का दिन ललितपुर १४ नखिपोटस्थित उनीहरुकै निवास तथा “गर्बुजा पुन निवास” मा म्याग्दी मगर समाज काठमान्डौ उपत्यका, चिम्खोले समाज काठमान्डौ उपत्यका सहयोग समिति र नजिकका नातेदार तथा साथीभाइहरुले संयुक्त रुपमा उक्त स्मृतिग्रन्थको बिमोचन कार्यक्रम सम्पन्न गरेका हुन् । स्वर्गीय गर्बुजा दम्पतिको ललितपुर, बिशाल चोक फिट एण्ड फाइन सपोर्ट कलबमा साउना बाथ लिनेक्रममा गत बर्ष जनवरी २९ तारिकको दिन अल्पायुमा निधन भएको थियो ।सो बोमोचन कार्यक्रममा चिम्खोले समाज युकेका अध्यक्ष मोति बहादुर तिलिजाले छोरी मेगोमी र लिङ्कनको सुन्दर भविष्यको लागि संकलित रकम रु. २,३१,५२५ चिम्खोले समाज काठमाण्डौ उपत्यका सहयोग समितिका अध्यक्ष धन बहादुर पुनले हस्तान्तरण गरेका छन् ।
म्याग्दी मगर समाज काठमाण्डौका सचिब मन पुनले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि सुबेदार नन्द प्रसाद पुन थिए भने अध्यक्षता चिम्खोले समाज काठमान्डौ उपत्यका सहयोग समितिका अध्यक्ष धन बहादुर पुनले गरेका थिय। कार्यक्रममा स्वागत मन्तब्य म्याग्दी मगर समाज काठमाण्डौका पुर्ब अध्यक्ष तुल प्रसाद पुनले गरेका थिय। सो बिमोचन कार्यक्रममा स्वर्गीय गर्बुजा दम्पतिको स्मृतिमा सबिता पुन र चिनी मायाले गित गायका थिय भने मेगोमी गर्बुजाले मादल बजाएर सहयोग गरेका थिए।
कोभिड १९ को कारणले गर्दा स्मृतिग्रन्थ बिमोचन कार्यक्रम बिभिन्न स्थानहरुमा गरिएको तथा गरिने भएको छ। गत २७ जनवरी २०२१ का दिन नेपाल कम्युनिष्ट पार्टी रघुगंगा गाउँ कमिटिका पदाधिकारीहरुले रघुगंगा गाउँ पालिका २ भगवतीस्थित रानीपौवामा उक्त स्मृतिग्रन्थ बिमोचन गरेका थिए। अध्यक्ष दिपक कार्की (बिखर्ची), पुर्ब मन्त्रि थाम माया थापा, पुर्ब संबिधान सभाका सभासद नबराज शर्मा, म्याग्दी जिल्लाका पुर्ब एमाले अध्यक्ष हरिकृष्ण श्रेष्ठ, युवा संघ नेपालका केन्द्रिय सदस्य नारायण जिसीको हातबाट संयुक्त रुपमा उक्त बिमोचन कार्यक्रम सम्पन्न भएको छदिपक बिखर्चिले अध्यक्षता गरेको कार्यक्रमलाई नेता गम पुनले स्वागत मन्तब्य दिएका थिए भने प्रबक्ता चन्द्रमान छन्त्यालले संचालन गरेका थिए ।

त्यस्तै गरेर भोलि ३० जनवरी २०२१ को दिन नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले “आधा यात्रा” को बिमोचन गर्ने भएको छ भने नेपाल मगर संघ म्याग्दी समन्नय समिति र रघुगंगा ७ चिमखोला लगायत बिभिन्न संघ संस्थाहरुले पनि निकट भविष्यमा बिमोचन गर्ने कार्यक्रम रहेको छ।






