नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा राजेन्द्र र विमलालाई सम्मान र पुरस्कार प्रदान

SHARE:

काठमाडौं माघ १८ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नगद ५० हजार र सम्मान–पत्रसहित सन् २०२० सालको ‘प्रतिभा सम्मान २०२०’ वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद् डा राजेन्द्र विमल (जनकपुर) र नगद एक लाख राशिको ‘प्रतिभा पुरस्कार–२०२०’ युवाकवि विमला तुम्खेवा (तेह्रथुम) लाई प्रदान गरेको छ ।

शनिबार काठमाडौंमा आयोजित ‘प्रतिभा सम्मान तथा पुरस्कार समर्पण समारोह’ मा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ताम्रपत्र र नगद राशिको सम्मान थैली सम्मानीत स्रष्टालाई प्रदान गरे । युवाकवि तुम्खेवा खसगरि समसामयिक विषयवस्तुलाई सटिक ढङ्गले कविताका माध्यमबाट उजागर गर्दै आएकी छन् । प्रखर लेखन क्षमता राख्ने तुम्खेवा महिला अधिकार सशत्तीकरणका निम्ति क्रीयाशिलका साथै पत्रकारिता तथा आख्यान लेखनमासमेत सक्रिय छिन् ।

मधेशी मुलको भएर पनि नेपाली भाषा र साहित्यको विकास र प्रवर्धनमा डा विमलले महत्वपूर्ण भूमिका खेलेका छन् । नेपाली भाषाका साथै मैथिली भाषामा दक्खल राख्ने उहाँका एक दर्जन बढी कृतिहरु प्रकाशित छन् ।

प्रतिष्ठानका मानार्थ सदस्य एवम नेपाल संयोजक शशी लुमुम्बूले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा संस्थाले निरन्तर कार्य गर्दै आएको र नेपाली साहित्य प्रवर्धनको विविधमध्येको सम्मान र पुरस्कार पनि एक महत्वपूर्ण माध्यम भएको बताए ।

प्रतिष्ठानले हरेक वर्ष प्रतिभा पुरस्कार र प्रतिभा सम्मानबाट एकएक स्रष्टालाई सम्मान गर्दै आएको छ । नेपाली साहित्य, कला र संगीत क्षेत्रमा योगदान पुर्‍याएका संघर्षशील युवा स्रष्टालाई प्रतिभा पुरस्कार र ५० वर्ष उमेर माथिका वरिष्ठ स्रष्टालाई प्रतिभा सम्मान प्रदान गर्दै आएको छ । त्यसैगरी प्रतिष्ठानले युवा स्रष्टाहरुको हौसलाका लागि बेलायतमा हरेक वर्ष अभिव्यक्ति श्रंखला पनि आयोजना गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!