पोखरा माघ २३ । नेपाली काग्रेंस केन्द्रीय खेलकुद विभागले पोखराको सहारा एकेडेमीलाई खेलकुद सामाग्रीको साथमा मास्क सहयोग हस्तान्तरण गरेको छ ।
विभाग प्रमुख तथा पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेत सहितको एक टोलीले सहारा क्लबका अध्यक्ष केशव बहादुर थापालाई २५ थान वल र एन नाइन्टीफाइभ (N-95) मास्क १ हजार ५ सय थान सहयोग सामाग्री हस्तान्तरण गरेको हो । सो अवसरमा प्रमुख बस्नेत सहितको टोलीले एकेडेमीको निरिक्षण समेत गरेको थियो ।
कार्यक्रममा बोल्दै संघका विभाग प्रमुख बस्नेतले क्लबले गरेको कार्यको प्रशंसा गर्दै एकेडेमीमा रहेका वालकहरुको फुटवल एकेडेमीसहित भरणपोषणमा थप आवश्यक सहयोग गर्ने बताए । अखिल नेपाल फुटबल संघ(एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले क्लबको एकेडेमी अभियानमा एन्फा र सरकारी निकायबाट समेत थप सहयोग उपलब्ध गराउन आवश्यक पहल गर्ने आश्वासन दिए ।
नेपालको नाम राखेको क्लबलाई हालसम्म एन्फाबाट खासै सहयोग नभएकोमा गुनासो गर्दै अब सहयोग गर्ने वातावरण सृजना गर्ने उनले जनाए । उनले सामाजिक क्षेत्रमा समेटेर राम्रो अभियान थालेको क्लबले नेपालकै नमूना एकेडेमीको रुपमा काम गरेकोमा क्लबको अभियानलाई सवैले साथ र सहयोग गर्नु पर्ने बताए ।
क्लबका संस्थापक अध्यक्ष वसन्त थकालीले स्वागत सहित क्लबको बारेमा जानकारी गराए । पूर्व अध्यक्ष विक्रम थकालीले क्लबको बारेमा जानकारी गराएका थिए । टोलीमा एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राई, उपाध्यक्ष विरबहादुर खड्का, नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचन लगायतका सहभागि भएका थिए । क्लबका अध्यक्ष थापाले सहभागिलाई एकेडेमीको बारेमा जानकारी गराउर्दैै उनीहरुलाई स्वागत गरेको क्लबका सहसचिव सुनिल रानाले बताए ।
कार्यक्रममा तमु धिंका संस्थापक अध्यक्ष कर्मा गुरुङले लोकतान्त्रिक खेलकुद संघका संयोजक मोहन बहादुर बस्नेतलाई भाङ्रा र काँग्रेस नेतृ सरस्वती गुरुङले फेता लगाएर सम्मान सँगै स्वागत गरेका थिए ।
तस्बिरः सुदर्शन रञ्जित