३८ क्वीन्टल सुन तस्करीका मुख्य लगानीकर्ता अग्रवालको घरमा प्रहरीको छापा

SHARE:

काठमाडौँ । सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका मोहन अग्रवालको घरमा प्रहरीले छापा मारेको छ ।

विशेष अनुसन्धान समितिले शुक्रबार अनामनगरस्थित अग्रवालको घरमा छापा मारेको हो । त्यस क्रममा २२ लाख नगद, केही थान सुनको बिस्कुट, सुन ओसारपसारका लागि बनाइएका विशेष खालको ज्याकेट, दर्जन जति गाडीका साँचो, एउटा गाडी बरामद गरेको समिति संयोजक ईश्वरराज पौडेलले जानकारी दिए ।

त्यस्तै, केही थान कम्प्युटर, दर्जन मोबाइल सेट, विभिन्न बैंकका चेकबुक, केही थान इन्डियन सीमकार्ड र दुबई आउजाउका क्रममा ल्याइएको महागा रक्सी समेत बरामद गरिएको छ ।

करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणको प्रहरीले अनुसन्धान थालेपछि अग्रवाल फरार थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!