सहारा यूकेद्वारा भूतपूर्व खेलाडी मञ्‍च नेपाललाई १ लाख ५० हजार हस्तान्तरण

SHARE:


लन्डन फागुन १ । भूतपूर्व खेलाडी मञ्‍च नेपालको १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०२१ का लागि सहारा यूकेले १ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

उक्त रकम बराबरको चेक मञ्चका अघ्यक्ष तेजबहादुर गुरुङलाई सहारा यूकेका महासचिव धनु थकालीले शनिबार हस्तान्तरण गरेका हुन् । भूतपूर्व खेलाडी मञ्‍च नेपालको १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०२१ र वगर भाईखलकको पोखरा १०औं संस्करणको वगर भाई खलक एट ए साइड फुटबल २०२१ को सहयोगका लागि आर्थिक सहयोग संकलन गरिएको सहारा यूकेका उपाध्यक्ष ले.रि. कुसाङ गुरुङ र कोषाध्यक्ष शारदा गुरुङले जानकारी दिए ।

वगर भाईखलकको १०औं संस्करणको वगर भाई खलक एट ए साइड फुटबल २०२१ को सेकेण्ड पुरस्कार प्रायोजन गर्ने यसअघिको निर्णयअनुसार पचपन्न हजार पाँच सय पचपन्न रूपैयाँ (५५,५५५) रकम चाँड नै वगर भाईखलक पोखरालाई प्रदान गरिने ले.रि.कुसाङ गुरुङ उपाध्यक्ष र शारदा गुरुङ कोषाध्यक्षले जानकारी दिए । उनीहरुले आगामी दिनहरुमा पनि साथ सहयोग, सुझाव र सल्लाहको अपेक्षा गर्दै सहयोगका लागि फेरि पनि हृदयदेखि नै धन्यवाद प्रकट गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!