म्याग्दीमा प्रथम चौँरी महोत्सव

SHARE:

म्याग्दी फागुन ६ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा बुधबारदेखि प्रथम चौँरी महोत्सव शुरु भएको छ । राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयको सहयोगमा चौँरी स्रोत संरक्षण तथा प्रवद्र्धन समिति पाउद्वारले आयोजना गरेको महोत्सव छ दिनसम्म सञ्चालन हुने जनाइएको छ ।

चौँरी संरक्षण, चौँरीका उत्पादनको बजारीकरण, चौँरीको महत्व र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष मीनबहादुर गर्बुजाले बताए ।

महोत्सवमा कृषक र विज्ञहरुबीच चौँरीको महत्व, समस्या, व्यावसायिक सम्भावना र कृषकको आवश्यकताका विषयमा छलफल आयोजना गरिएको छ । यसैगरी चौँरीको आलो रगत पिउने मेलासमेत सञ्चालन हुनेछ । महोत्सवमा आउने पाहुनालाई चौँरी देखाउने र यसको महत्वका विषयमा बुझाइने कार्यवाहक वडाअध्यक्ष राजेश तिलिजाले बताए ।

दश हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको महोत्सवको उद्घाटनका अवसरमा चौँरी गोठाला सुकबहादुर पुनलाई सम्मान गरिएको थियो । स्थानीय मगर संस्कृतिमा आधारित पुख्यौली, सोरठी, कौरा, मादले, मारुनी गीत र नृत्य महोत्सवको आकर्षण हुन् ।

पाउद्वार र शिखका तीन वटा फार्मले ४०० भन्दा बढी चौँरी पालेका छन् । सामाजिक अभियानकर्मी डा महावीर पुनको अगुवाइमा पाउद्वार मावि र हिमाञ्चल माविका निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउन विसं २०५८ देखि खोपारा क्षेत्रमा व्यावसायिक चौँरीपालन गरिएको स्थानीयवासी भीम तिलिजाले बताए ।

खोपारा, खयर, बयली, डाडखर्कलगायत बराह शिखर हिमालको फेदीका बुकीमा चौंरीपालन गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!