गुरुङ पर्यटन व्यवसायी संघ गण्डकीको आठौं वार्षिक साधारणसभा सम्पन्न

SHARE:

पोखरा ८ फागुन । गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन) गण्डकी प्रदेशको आठौं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ ।

संघका केन्द्रीय अध्यक्ष अम्बिर गुरुङको प्रमुख अतिथ्यतामा भएको साधारणसभामा गुरुङले नेपालका पहिलो पर्यटन मन्त्री डा.हर्क गुरुङको सन्तती गुरुङहरुले पर्यटनमा महत्वपूर्ण पुर्‍याउन सक्ने दाबी गरे । भूगोल एवम् पर्यटनविद् स्वर्गीय गुरुङको पर्यटनले नेपालको समृद्धि हुन्छ भन्ने सोंचलाई गुरुङ पर्यटन व्यवसायीहरुले पुरा गर्नुपर्ने उनको भनाई थियो । त्यति मात्र नभई विश्व जितेका गोरखाको सन्तान भएकाले पनि गुरुङहरु जस्तोसुकै चुनौति सामना गरेर अघि बढ्ने भन्दै पर्यटन विकासका लागि हार्दिकता भएको जातका कारण पनि पर्यटकलाई गुरुङ समुदायले आकर्षण दिन सक्ने बताए ।

उनले थपे कोरोनाको महामारीले पर्यटन क्षेत्र अति नै प्रभावित भएता पनि गुरुङ व्यवसायीहरुको सक्रियताका साथै नेतृत्व विकासका जोड दिनुपर्दछ। महामारीका कारण व्यवसाय अहिले पनि चलायमान हुने अवस्थामा नपुगे पनि टिकिरहन उपाय अप्नाउनुपर्ने उनको भनाई थियो।
कार्यक्रममा संघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजंग गुरुङले अब पर्यटन व्यवसायीले पर्यटन बाहेक अरु क्षेत्रको व्यवसायमा पनि विस्तारै ध्यानदिनुपर्ने, नेतृत्व विकास, बैकल्पिक व्यवसायलाई पनि अगाल्नुपर्नेमा जोड दिए ।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्दै गुरुङसँग भएका पैसालाई पुजीको रुपमा विकास गर्न उद्यमशील बनाउने मार्गदर्शक जिटिन बन्नुपर्ने बताए। गुरुङलाई व्यवसायी बनाउन, आफ्नै देशमा सपना देखाउन जरुरी भएकोमा जोड दिदै तमुहरुको एकता र सामुदायिकतामा विशेष पहल गर्नुपर्ने बताए। संघ संस्था स्थापना, एकता हुनु, पैसा कमाउनु सबै शक्ति आर्जन गर्ने उपाय हो भन्ने चेत गुरुङहरुमा आउनुपर्दछ भन्दै राजनीतिक रंग जस्तोसुकै भए पनि गुरुङ एक हुनुपर्ने बताए।

कार्यक्रममा जिटिनमा आवद्ध विकास गुरुङ, सूर्यबहादुर घले, किसमकुमारी गुरुङ, बोबर जंग गुरुङ पर्यटन क्षेत्रका विभिन्न संघ संस्थामा निर्वाचित, पोखरा उद्योग वाणिज्य संघमा पवित्र देवी गुरुङ निर्वाचित, प्याराग्लाइडिङको अन्तर्राट्रिय पदक दिलाएका खेलाडी युकेश गुरुङ र तमु धिं नेपालको अध्यक्षमा हुमबहादुर गुरुङ निर्वाचित भएको भन्दै जिटिन गण्डकी र केन्द्रले बधाई एवम सम्मान गरेको थियो।

कार्यक्रममा प्याराग्लाइडिङको अन्तर्राट्रिय खेलाडी युकेश गुरुङले सगरमाथाबाट प्याराग्लाइडिङ गरेर विश्व रेकर्ड राख्ने तयारीमा जुटेकाले सहयोगका निम्ती आग्रह गरेका थिए । कार्यक्रममा सहभागीहरुले आ–आफ्नो व्यवसायिक लगायतका अनुभवहरु आदानप्रदान र योजनाका बारेका प्रष्ट पारेका थिए ।

जिटिन गण्डकीका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षतामा भएको साधारणसभामा प्रथम उपाध्यक्ष किसमकुमारी गुरुङले स्वागत र महासचिव अभिलास गुरुङले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!