जापान फागुन ९ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानको १७ औं महाधिवेशन आइतबार (२०२१-०२-२१) जुम भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।
महाधिवेशनले सञ्जीव चाम्लिङ राईको अध्यक्षतामा नयाँ सर्वसम्मत कार्यसमिति चयन गरेको छ । त्यस्तै तीन उपाध्यक्षमा शन्तकुमार पहरी, रित राना मगर र डेनी शेर्पा चयन भएन भने महासचिवमा शिशिर निङलेकु लिम्बू छानिएका छन् । सचिव कनैलाल चौधरी,
महिला सचिव सुशील राई, कोषाध्यक्षमा सुनिता श्रीष मगर चयन भए ।
१७ औं महाधिवेशन निर्वाचन मण्डल र विधान संशोधन समिति संयोजक ओम गुरुङ तथा सदस्यहरु हवलचन्द्र लामा र शरद गौचन थिए ।
जापानका लागि नेपाली राजदूतावास नियोग प्रमुख अम्बिका जोशी, नेफिन केन्द्रका उपाध्यक्ष गोविन्द छन्त्याल, एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी, नेफिन इजरायलका अध्यक्ष पेम्बा डोल्मा ह्योल्मो, नेफिन पोर्चुगलका अध्यक्ष हेम गुरुङ, नेफिन कोरियाका युगेल टेन्डुप शेर्पा, नेफिन मलेसियाका अध्यक्ष बिपिन राई, प्रवास नेफिनका प्रतिनिधिहरु, नेफिन जापानमा आवद्ध संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु महाधिवेशनमा सहभागी थिए ।
नवनिर्वाचित समिति २०२१-२०२३
तपसिल :-
१ अध्यक्ष : संजिव चाम्लिङ राई
२ उपाध्यक्ष : शन्त कुमार पहरी
३ उपाध्यक्ष : रित राना मगर
४ उपाध्यक्ष : डेनी शेर्पा
५ महासचिव : शिशिर निङलेकु लिम्बू
६ सचिब : कनैलाल चौधरी
७ महिला सचिव : शुशील राई
८ कोषाध्यक्ष : सुनिता श्रीष मगर
सदस्यहरु :-
१ सुदन राई
२ प्रमिला राई
३ अपेक्षा मादेन लिम्बू
४ बाल बिक्रम तिगेला लिम्बु
५ बल डंगोल
६ अरुण भट्टचन
७ हरि चौधरी
८ टेक थामी
९ खेम गुरुङ






