लन्डन फागुन १४ । तमु कलाकार साँस्कृतिक मञ्च यूकेको आगामी मार्च २० मा तेस्रो महाधिवेशन हुने भएको छ ।
गत आइतबार १४ फेब्रुअरीका दिन बसेको कार्यसमितिको भर्चुअल बैठकद्वारा आउँदो २०२१ मार्च 20 शनिबारका दिन ZOOM को माध्यमबाट संस्थाको भर्च्यूअल तेस्रो महाधिवेशन गर्ने निर्णय भएको हो ।
यसअघि कोभिड १९ महामारीको कारण तेस्रो रोधी साँझ र तेस्रो महाधिवेशनलाई अनिश्चितकालका लागि स्थगित गरिएको थियो । महाधिवेशनका लागि संस्थाका प्रमुख सल्लाहकार एकेन्द्र गुरुङको अध्यक्षतामा सल्लाहकारद्वय जुमकाजी गुरुङ र चन्द्रध्वज गुरुङ रहेको तीन सदस्यीय निर्वाचन मण्डलको चयन गरिएको जानकारी पनि सचिव कृष्ण गुरुङले सूचनाबाट जानकारी गराएका छन् ।
दिनको १२ बजेबाट सुरु हुने महाधिवेशनमा उपस्थितिका लागि तमु कलाकार साँस्कृतिक मञ्च यकेूका अध्यक्ष, कार्यसमितिका सदस्यहरू, सल्लाहकारहरु साथै सम्पूर्ण कलाकार र शुभचिन्तक इष्टमित्रहरुलाई अनुरोध गरिएको छ ।