लन्डन फागुन २३ । तमु प्ये ल्हु संघ यूकेको १६औं वार्षिक साधरणसभा तथा पाँचौं अधिवेशन मार्च २० मा हुने भएको छ ।
यही २० मार्च २०२१ शनिबार तमु प्ये ल्हु संघ यूकेको १६औं वार्षिक साधरणसभा तथा पाँचौं अधिवेशन कार्यक्रम जुम भर्च्युलमार्फत हुने अध्यक्ष मे. खुसीमान ल्हेंगे तमु एमभीओले जानकारी दिएका हुन् । उनले समय कार्यतालिका तथा जुम भर्चुअलमा जोडिनका लागि व्यानरमा राखिएको युजर आईडी र पासवर्ड प्रयोग गरेर साईनिङ ईन गर्न समेत अनुरोध गरेका छन् ।
अध्यक्ष ल्हेंगेले तमु प्ये ल्हु संघ यूकेका प्रमुख सल्लाहकार, सम्पूर्ण सल्लाहकारहरु, कार्यसमितिका बिभिन्न पदाधिकारीहरु, खेगी समिति, खेगीगुरुहरु, आमा समिति/समूहका आमाहरु, युवाहरु तथा सम्पूर्ण परियोजनाका संयोजक तथा सदस्यहरु साथै सम्पूर्ण आजीवन सदस्यहरुलाई उपस्थितिका लागि निमन्त्रणासमेत गरेका छन् ।






