लन्डन फागुन २६ । साहित्यकार तथा गीतकार एकेन्द्र गुरुङले बेलायतमा बसोबास गर्ने नेपाली स्रष्टाहरुको संयुक्त गीतिसंग्रह प्रकाशन गर्ने भएका छन् ।
गीतकार गुरुङले बेलायतको कथाकारहरुका कथा र बेलायतमा नेपाली कवि र कविता प्रकाशित भइसके पनि गीतकारहरुको गीतिसंग्रह प्रकाशन नभएकोले यसलाई पूरा गर्नु उचित ठानेकोले प्रकाशन गर्ने कार्यमा लागेको जानकारी गराएका हुन् । उनले सबै गीतकारहरुले आफ्नो दुइटा गीत, व्यक्तिगत विवरण र एकप्रति फोटो पठाई सहयोग गरिदिन अनुरोधसमेत गरेका छन् ।
साहित्यकार एवं गीतकार गुरुङले आफ्नो सिर्जना पठाउन tamueken@hotmail.com इमेल ठेगाना दिएका छन् भने जरुरी परेमा 07533181153 मा फोन गर्न समेत सूचनामार्फत अनुरोध गरेका छन् ।
साहित्यकार तथा गीतकार गुरुङको अनुरोध
गीत साहित्यको एउटा सशक्त बिधा हो । यस्लाई ससारकै पुरानो र लोकपृय बिधा मानिन्छ । यसले मनिसको अनुभिति र बिचार सटिक ढगले अभिब्यक्त गर्न सकिन्छ ।गीत सबैको मन मुटुमा बाच्न सक्छ । कसलाई हसाउछ कसैलाई रुवाउछ । गीत लयात्मक भाब अभिब्यक्तिको साधन हो । सगीतको सुमधुर लय बाद्ययन्त्रको उचित सयोजन अनि गायकको सुमधुर स्वरले गीतलाई जिवन्त बनाउछ ।बेलायत नेपालीहरुको सपनाको देश हो । झन्डै एक लाख पचास हजार नेपाली यहा बसोबास गर्छन । नेपालीको जनघनत्व बढे सगै बग्रेल्ति सघ सस्थाहरु स्थापना भएका छन । साहित्यिक सघ सस्थाहरुले साहित्यिक कार्यक्रम आयोजना गरिरहन्छ । कला र सगीतको गतिबिधि पनि भैरहन्छ । बेलायतको कथाकारहरुको कथा र बेलायतमा नेपाली कबि र कबिता प्रकाशित भैसको छ । गीतकारहरुको गीत सग्रह प्रकाशन नभएकोले यसलाई पूरा गर्नु उचित ठानेकोले प्रकाशन गर्ने कार्यमा लाग्दै छु तसर्थ सबै गीतकारहरुले आफ्नो दुइटा गीत, ब्यक्तिगत बिबरण र एक प्रति फोटो तल दिएको ठेगाना मा पठाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।
tamueken@hotmail.com
07533181153
एकेन्द्र गुरुङ






