जिव बेल्वासे बने काउन्सिलर पदका उम्मेदवार

SHARE:

लन्डन चैत ७ । विगत २० वर्षदेखि अल्डरसटमा बस्दै आएका जीवनारायण बेल्वासेले मे ६ तारिखमा हुने स्थानीय निर्वाचनमा काउन्सिलर पदको उम्मेदवार बनेका छन् ।

विभिन्‍न सामाजिक संघसंस्थामा काम गरेर नेपाली समाजमा छुट्टै पहिचान बनाउन बेल्वासे रसमोर ब्रो काउन्सिल (Borough Council)को विलिङटन वार्ड (Willingto Ward) बाट काउन्सिलर पदमा कन्जरभेटिभ पार्टीको तर्फबाट उम्मेदवार बनेका हुन् । उम्मेदवार वेल्वासेले अहिलेसम्म एक्लै समाजसेवा गर्दै आएकोमा अब काउन्सिलमा गएर सामाजिक कामलाई प्रभावकारी ढंगले अगाडि बढाउने इच्छा रहेको बताए ।

आफूले चालेका कदममा सबैले मद्दत दिइरहेको भन्दै उनले आगामी दिनमा पनि मद्दत पाउने र आफू जित्‍नेमा आस प्रकट गरे ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!