तमु कलाकार सांस्कृतिक मञ्‍च यूकेको अध्यक्षमा कुमार गुरुङ निर्वाचित

SHARE:

लन्डन चैत ८ । तमु कलाकार सांस्कृतिक मञ्‍च यूकेको अध्यक्षमा कुमार गुरुङ निर्वाचित भएका छन् ।

शनिबार भएको जुम भर्चुअल अधिवेशनबाट गुरुङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा पदमराज गुरुङ, महासचिव कृष्ण गुरुङ, सचिव विमल गुरुङ, कोषाध्यक्ष शशी गुरुङ, सहकोषाध्यक्ष हेलिसा गुरुङ चयन भए । त्यस्तै सदस्यहरुमा याम गुरुङ, सूर्य गुरुङ र एलिना गुरुङ निर्वाचित भएका छन् ।

चन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव कृष्ण गुरुङले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष दिनेश गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत् रुपले पारित भएको थियो ।

त्यस्तै कुमार गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो भने संस्थापक अध्यक्ष सूर्य गुरुङ, लमजुङ समाज यूकेका अध्यक्ष विश्वजंग गुरुङ, निर्वतमान अध्यक्ष बोहत गुरुङ, उपाध्यक्ष पूर्णराज गुरुङ, विष्णु गुरुङ, सुनिल गुरुङले शुभकामना मन्तव्य दिएका थिए ।

त्यस क्रममा रोधीं साँझको बारेमा लेखिएको गीतमा गीतकार एवं संगीतकार पदमराज गुरुङले प्रकाश पारेका थिए भने प्रमुख सल्लाहकार एकेन्द्र गुरुङले समीक्षा गरेका थिए ।

अन्तमा संयोजक एकेन्द्र गुरुङ, सदस्य जुमकाजी गुरुङ र चन्द्र धन सदस्य रहेको निर्वाचन मण्डलले कुमार गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति घोषणा गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!