उदीप राई छानिए नेपाल इन्जिनियर्स एसोसिएसन यूके केन्द्रको अध्यक्षमा

SHARE:

लन्डन चैत ९ । नेपाल इन्जिनियर्स एसोसिएसनको यूके शाखा अन्तर्गतको यूके केन्द्रको अध्यक्षमा उदीप राई चयन भएका छन् । शाखाको आइतबार सम्पन्न भर्चुअल साधारणसभाले राईको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्त उपाध्यक्षमा राम राजा रावल, महासचिव इन्दु राई, सचिव मिम जुग्जाली, कोषाध्यक्ष पूजा गुरुङ, सहकोषाध्यक्षा नितु शर्मा चयन भएका छन् ।

सदस्यहरुमा भने दिपेश राई, सागर गुरुङ, उदेश देवान, ओम थापा, दिवस गुरुङ, अविनाश जोशी र हिमाल गुरुङ रहेका छन् । कार्यसमितिमा युवा इन्जिनियरहरु रहेका छन् भने ४० प्रतिशत महिलाहरुको सहभागिता छ । एसोसिएसनले इन्जिनियरहरुलाई सन्जाल बनाउनका मन्च प्रदान गर्ने, विद्यार्थी इन्जिनियरहरुलाई सघाउने र बेलायतमा रहेका अन्य नेपाली संघसंस्थाहरुसित मिलेर काम गर्ने लक्ष्य राखेको नवनिर्वाचित अध्यक्ष राईले बताए ।

नवनिर्वाचित समितिलाई सो केन्द्रका संस्थापक अध्यक्ष तथा गैरआवासीय नेपाली संघ यूकेका कोषाध्यक्ष तेजेन्द्र रोकामगरले शपथ गराएका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!