अत्यावश्यक कामबाहेक नागरिकलाई मुलुकबाहिर जान प्रतिबन्ध लगाउने बेलायत सरकारको तयारी

SHARE:

लन्डन चैत ११ । अत्यावश्यक कामबाहेक नागरिकलाई मुलुकबाहिर जान प्रतिबन्ध लगाउने बेलायत सरकारले तयारी थालेको छ ।

कोरोना भाइरसको नयाँ लहर फैलिने सम्भावना बढेको भन्दै अत्यावश्यक कामबाहेकका मानिसलाई मुलुकबाहिर जान प्रतिबन्ध गरिने सरकारी अधिकारीहरुले बताएका हुन् । अधिकारीका अनुसार बेलायती नागरिकहरु अनावश्यक रुपमा होलिडे जान थालेको भन्दै आउँदो सोमबारबाट कम्तीमा जुन अन्तिमसम्मका लागि उक्त नयाँ नियम लागू गर्ने तयारी भएको हो ।

बिनाकुनै कारण विदेशमा होलिडे मनाउन गएको पाइएमा पाँच हजारसम्म जरिवाना तिर्नुपर्नेछ । तर, च्यानल आइल्याण्ड, आएल अफ म्यान र आयरल्याण्डका लागि भए सो नियम लागू हुनेछैन । यसैगरी कामको सिलसिला, अध्ययन, कानूनी दायित्व, आफन्तको निधन तथा अन्त्येष्टि जस्ता कामका लागि पनि सो प्रतिवन्ध लागू हुनेछैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!