समाजसेवी रुकबहादुर गुरुङको कथासंग्रह सार्वजनिक

SHARE:

पोखरा, १५ चैत्र । समाजसेवी रुकबहादुर गुरुङ लिखित “आत्मबल बढाउने कथासंग्रह” आइतबार पोखरामा विमोचन गरिएको छ । “लगदा गाउँको चिनारी पुस्तक” प्रकाशन गरिसकेका स्याङ्जा चापाकोट ४ लगदा गाउँका कथाकार गुरुङको दोश्रो कृति “आत्मबल बढाउने कथासंग्रह”को कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङ, मल्याङकोट पोखरा सम्पर्क मञ्चका अध्यक्ष गोबिन्दबहादुर खाँण, गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी गुरुङ र कथाकार रुकबहादुर गुरुङले विमोचन गरेका हुन् ।

कथाकार गुरुङले ४७ औं जन्मदिनको अवसरमा ९८ वटा लघु कथाहरु समावेश भएको “आत्मबल बढाउने कथा संग्रह” कार्यक्रम आयोजना गरी विमोचन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङले कृतिको महत्व अमिट हुने बताए । भुपि शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे लगायतको रचनाको चर्चा गर्दै साहित्यिक सिर्जनाले समाज, मुलुक समृद्धिका लागि सघाउने उनको भनाई थियो । लेखन निरन्तरताका लागि शुभकामना व्यक्त गर्दै उनले लेखनका लागि साधना जरुरी रहेको बताए ।

कार्यक्रममा कथाकार रुकबहादुर गुरुङले कोभिड १९ कोरोना भाइरसको लकडाउन समयलाई सदुपयोग गर्दै कथा संग्रहको रुपमा पाठकबीच प्रस्तुत गरेको बताए । पुस्तक समीक्षा गर्दै गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी गुरुङले आत्मबल बढाउने कथा संग्रहले समाज रुपान्तरणमा समेत महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, गण्डकी प्रदेश आर्थिक मालिमा तथा योजनामन्त्री किरण गुरुङको निजी सचिव साहित्यकार तेजबहादुर गुरुङ, पेशागत बिमा अभिकर्ता नेपालका सचिव केदारनाथ अधिकारी, पञ्चमुल पोखरा सम्पर्क समाजका संस्थापक अध्यक्ष लालकुमार अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा वेलनन एकेडेमीका संस्थापक तथा युनिप्स नेपालका अध्यक्ष शान्तबहादुर गुरुङले पुस्तकका लेखक अर्थात् कथाकार रुकबहादुर गुरुङको परिचय गराउँदै जन्मदिनको शुभकामना व्यक्त गरेका थिए ।

मल्याङकोट पोखरा सम्पर्क मञ्चका अध्यक्ष गोविन्दबहादुर खाँणको अध्यक्षतामा भएको कार्यक्रममा एलआइसी नेपालका सफल अभिकर्ता औबहादुर गुरुङले स्वागत र सफल बिमा अभिकर्ता नवराज दुराले कार्यक्रम संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!