लन्डन निवासी हेलीसा गुरुङ कविता प्रतियोगितामा प्रथम

SHARE:

लन्डन चैत १५ । गुरुङ साहित्यिक मञ्च नेपालले आफ्नो चौंथो स्थापना दिवसको अवसरमा आयोजना गरेको कविता प्रतियोगितामा लमजुङको क्व्होलासोंथार गाउँपालिका ६ पसगाउँ स्थायी घरभइ हाल लन्डन, यूके निवासी हेलिसा गुरुङ प्रथम भएकी छन् । यस्तै लमजुङको भुजुङ स्थायी घर भई हाल पोखरा १३ बाझापाटन निवासी पवित्रा गुरुङ द्वितीय भएकी छन् भने कास्कीको घान्द्रुक स्थायी घर भइ हाल यूके निवासी अमर लेम तमु तृतीय भए ।

प्रतियोगितामा क्व्होलासोंथार–८, घाम्राङ, लम्जुङ निवासी सविना गुरुङ र क्व्होलासोंथार–४, भुजुङ, लम्जुङ निवासी मिनमाया गुरुङले सान्त्वना स्थान हासिल गरेको प्रतियोगिताका निर्णायक संयोजक एवम् कवि चन्द्र गुरुङले जानकारी दिए । बिजेता प्रतियोगिहरुले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार पाउनुका साथै पुरुष प्रतियोगीले क्रेगी र महिला प्रतियोगीले क्रमु साथमा प्रमाणपत्र प्राप्त गर्नेछ । पुरस्कार यहि चैत्र २१ गते मञ्चको चौंथो स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहमा प्रदान गरिने छ ।

प्रतियोगितामा पुरस्कार जित्न सफल सबै प्रतियोगिका कविताहरु कवि स्वमको उपस्थितमा या कुनै दोस्रो व्यक्तिबाट उक्त कार्यक्रममा वाचन समेत गरिने छ । गुरुङ साहित्यिक मञ्चका निर्वतमान सल्लाहकार एवं अक्षयकोष दाता यूके निवासी योगेश गुरुङद्वारा स्थापना गरेको अक्षयकोषबाट मञ्चले प्रत्येक दुईवर्षमा कविता प्रतियोगिताको आयोजना गर्ने मञ्चकी अध्यक्ष गौरी तमूले जानकारी दिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!