
काठमाडौं चैत २२ । नेपाली गीत, संगीतको क्षेत्रमा आफ्नो पृथक् पहिचान बनाउन सफल गायक रूपकुमार राईले नयाँ गीत सुनैको शिरफूल सार्वजनिक गरेका छन् ।
‘म बाँचेको के अर्थ’, ‘गाउ घरमा साइँली माइली‘’, ‘राम साइली’, ‘स्वप्निल छायाँ‘’, ‘पूर्वमा जय होस् किराती‘’ जस्ता दर्जनौं सफल गीतका गायक राईले आफ्नै युट्युव च्यानबाट ‘सुनैको शिरफूल‘’ बोलको गीत स्रोता, दर्शकमाझ ल्याएका हुन् । उनलाई महिला आवाजमा गायिका नुमा लिम्बुले साथ दिएकी छन् ।
शब्द एजे अजु, सङ्गीत रुपकुमार राई, एरेन्ज राजु कार्की, रेकर्डिस्ट सुरेश राई, मिक्सिङ्ग राजु कार्की रहेको छ भने गीत किङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो ।
भिडियो






