विभिन्न कार्यक्रमसहित मनाइयो गुरुङ साहित्यिक मञ्चको चौंथो स्थापना दिवस

SHARE:

पोखरा चैत २२ । गुरुङ साहित्यिक मञ्च नेपालको चौंथो स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ ।

चैत्र २० र २१ गते मञ्चले विचार विर्मश एवम् कविता प्रतियोगिता, पुस्तक विमोचन, सम्मान कार्यक्रम र आजीवन सदस्यता वितरण गर्नुका साथै मञ्चको वेभसाइडसमेत सार्वजनिक गरी स्थापना दिवस मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.ओम गुरुङले अब नेपालका आदिवासी जनजातिहरुले आफनो पहिचानको परिचय दिने समय आएको बताए ।

नेपालमा हिन्दु साशकले पहिचान व्यक्तिको टाउको गनेर निर्धारण गर्ने गरेको भन्दै कुनै पनि जातिको पहिचानको उसको सङख्यमा नभई उसको भाषा, संस्कृति, रितीरिवाज आदिमा हुने भन्दै त्यसको लागि आफू हिजो पनि आज पनि र भोलिका दिनमा पनि राज्यसँग लडीरहने बताए ।
साथै उनले अहिले समाजको संरचना जाति व्यवस्थामा गएकोले विस्तारै आफनो पहिचान जोगाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा मञ्चका कार्यसमिति सदस्य तजेबहादुर च्हाक्ली तमूद्धारा रचना गरिएको मुक्तक संग्रह अस्तित्वको विमोचन समेत गरिएको थियो भने मञ्चलाई सहयोग गर्ने कम्प्युटर अपरेटर यानी गुरुङ र फोटोपत्रकार मणि सरब्जा तमूलाई सम्मान गरिएको थियो ।

यसैबीच मञ्चले स्थापना दिवसको अवसरमा आयोजना गरेको कविता प्रतियोगितामा यूके निवासी हेलिसा गुरुङ प्रथम, पोखरा निवासी पवित्रा गुरुङ द्धितिय, युके निवासी अमर लेम तमू तृतिया र लमजुङ निवासी सविना गुरुङ र मिनमाया गुरुङले सान्त्वाना स्थान हासिल गरेको छ । बिजेता कविहरुलाई क्रमशः नगद १० हजार, ७ हजार, ५ हजार र ३ हजार पुरस्कार साथमा प्रमाण पत्र र क्रमु क्रेगी प्रदान गरिएको छ ।

बिजेतामध्ये प्रथम हुने हेलिसा गुरुङ र तृतिया हुने अमर लेम तमूले पुरस्कार बापत पाएको रकम मञ्चलाई नै सहयोग स्वरुप प्रदान गर्नुभएको छ । बिजेता कविहरुलाई निर्णायक संयोजक चन्द्र गुरुङले बधाई ज्ञापन गरेका थिए । मञ्चका अक्षयकोष दाता योगेस गुरुङद्धारा स्थापना गरेका अक्षयकोषको व्याजबाट उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

मञ्चले यसअघि चैत्र २० गते आदिवासी जनजातिको सौन्दर्य शास्त्र एवम तमू पहिचानको प्रश्न विषयक बहस कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा लेखक एवम विश्लेषक आहुतिले वक्ताको रुपमा आफनो विचार व्यक्त गरेका थिए । मञ्चका अध्यक्ष गौरी तमूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!