अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच ४ बुँदे सहमति, कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने

SHARE:

काठमाडौं । सिंगापुर भ्रमणमामा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने विषयमा काम गर्दै जाने सहमति भएको छ ।


मंगलबार वार्तापछि दुई नेताबीच भएको ४ बुँदे सहमतिअनुसार उत्तर कोरियाले निशस्त्रीकरण प्रक्रिया सुरु गरेवापत अमेरिकाले उत्तर कोरियाको सुरक्षाको ग्यारेन्टी लिने भएको छ ।

ट्रम्पले आफूले छिटो भन्दा छिटो निशस्त्रीकरण गर्ने प्रक्रिया सुरु हुने अपेक्षा गरेको बताएका अमेरिकी राज्यमन्त्री माइक पेम्पोले बताएका छन् । उत्तर कोरियाले भने सम्भव भएसम्म चाँडै गर्ने जवाफ दिएका छन् । राजनीतिक विश्लेषकहरुले भने शिखर वार्तामा ठोस सहमति हुन नसकेको बताएका छन् ।

सहमतिको बुँदा हेर्नुस्

१. शान्ति र समृद्धिको लागि दुवै देशको जनताको चाहना अनुसार संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया -उत्तर कोरिया) दुई देशबीच नयाा सम्बन्ध स्थापनाको लागि प्रतिबद्ध छन् ।

२. अमेरिका र उत्तरकोरिया दुवैले कोरियाली प्रायद्विपमा एक स्थिर र शान्त व्यवस्थाको निमार्णको लागि आ-आफ्नो तर्फबाट प्रयास गर्नेछन् ।

३. अप्रिल २७, २०१८ को ‘पान्मुनजोम सम्झौता’लाई पुनःपुष्टि गर्दै उत्तर कोरिया कोरियाली प्रायद्विपको सम्पूर्ण निशस्त्रिकरणको लागि काम गर्न प्रतिबद्ध छ ।

४. संयुक्त राज्य अमेरिका र उत्तर कोरिया युद्धबन्दीहरु र हराएकाहरुको खोजीमा प्रतिबद्ध छ र पहिचान भैसकेकाहरु युद्धबन्दीहरुलाई तुरुन्तै आ-आफ्नो देश फर्काइने छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!