लन्डन वैशाख १ । बेलायतमा गोर्खा सन्तानले अर्को महिनादेखि पहिलो ल फर्म सञ्चालनमा ल्याउने भएका छन् ।
गोर्खा सोलिसिटर लिमिटेड (Gurkha Solicitors Limited) सन्चालनमा ल्याउन लागिएको हो । ल फर्मका फाउन्डर तथा प्रिन्सिपल सोलिसिटर उत्तरमान तिगेला (लिम्बू) का अनुसार गोर्खा सोलिसिटर लिमिटेड सन्चालनको लागि इंगल्यान्ड र वेल्सका लागि ल फर्म तथा वकिलहरुको नियामक संस्था सोलिसिटर रेगुलेसन अथुरिटी (SRA) द्वारा अनुमती प्राप्त भइसकेको छ ।
अहिले ल फर्मको कार्यालयका लागि लागि लिज व्यवस्थापन, स्टाफ छनौट तथा फर्मको वेबसाइट निर्माण लगायतका कामहरु भइरहेको उनले बताए । प्राप्त जानकारी अनुसार बेलायतका विभिन्न ठाउँहरुमा छरिएर रहेका सम्पूर्ण नेपाली तथा गैरनेपालीहरुलाई पायक पर्ने गरी लन्डनस्थित हन्स्लो सेन्टलमा मुख्य कार्यालय स्थापना गरिने छ ।
संस्थापक तथा प्रिन्सिपल सोलिसिटर लिम्बू नेपालको अधिवक्ता र नोटर पब्लिकसमेत हुन् । उनी हङकङमा १० वर्षसम्म Acute & Company Limited अन्तर्गत इमिग्रेसन एन्ड लिगल कन्सल्ट्यान्टको रुपमा काम गरेर सन् २०११ देखि बेलायत आएका हुन् । Brunel university London बाट सन् २०१३ मा कानुनमा Gradute Diploma in Law (GDL) degree हासिल गरेपश्चात् University of West London बाट २०१५ मा Legal Practice Course (LPC) उत्तीर्ण गरेका थिए ।
लन्डनको ह्यारोस्थित Courtney Smith Solicitors बाट २ वर्षको अनिवार्य ट्रेनिङ पूरा गरी सन् २०१७ मा Qualified Solicitor को रुपमा registered भएर अहिलेसम्म नै सोही फर्ममा कार्यरत रहेका छन् ।
तिगेलाले नेपालको त्रिभुवन युनिभर्सिटी बाट BL., BA र University of West London बाट LLM degree हासिल गरेका छन् ।
Immigration को अलावा family, property conveyancing (residential and Commercial) र personal injury सम्बन्धि मुध्दा मामिलाहरुमा अभ्यासरत तिगेला नेपाल लगायत हङ्कङ र बेलायतबासी नेपाली माझ परिचित ब्यक्तित्व हुन् । सन् २०१५ देखि सुरु भएको १८ बर्ष माथिका (अहिले आएर ३० बर्ष माथिका समेत) रिटायर्ड गोर्खा आर्मी तथा बिधवाहरुका बयस्क छोराछोरीहरुको यु के को settlement visa सम्बन्धी निबेदन र त्यो निबेदन refuse भएपछि सो निर्णय उपर UK को अदालतहरुमा मुध्दा गरेर अहिले सम्ममा सयौं गोर्खा छोराछोरीहरुको मुध्दा जित्न सफल भई रहेका छन् ।
UK को immigration, conveyancing, family, persinal injury लगायत अन्य कानुनी परामर्शको लागि Solicitor Uttar Man Tigela लाई फोन नम्बर (०७४२९०१०९३३) र ईमेल (umlimbu@gmail.com) मा संपर्क गर्न सकिने छ ।


