बेलायतका लागि नेपाली राजदूतद्वारा ब्रिटिशखबर डटकमको शुभारम्भ

SHARE:

लन्डन वैशाख ६ । नेपाली नयाँ वर्ष २०७८को शुभ-अवसर पारेर संयुक्त अधिराज्य (बेलायत) बाट नेपाली अनलाईन न्युज पोर्टल “ब्रिटिशखबर डटकम” को सुरुवात भएको छ। पत्रकार बिपिन निरौला सम्पादक तथा प्रकाशक रहेको उक्त न्युज पोर्टलको बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले आइतबार एक भर्चुअल समारोहबीच शुभारम्भ गरेका हुन् ।

बेलायतका वरिष्ठ समाजसेवी चिरन्जिवी ढकालको अध्यक्षता सम्पन्न उक्त भर्चुअल समारोहमा वरिष्ठ लेखक, साहित्यकार तथा सफल व्यवसायीसमेत रहेका गैर आवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक, पूर्वअध्यक्ष तथा हालका संरक्षक जीवा लामिछाने, एनआरएनएका केन्द्रीय सल्लाहकार कुल आचार्य, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष उद्योगपति राजेन्द्र खेतान, एनआरएनए यूकेका संस्थापक अध्यक्ष तथा बेलायतका लागि नेपाल टुरिजम बोर्डका अनररी प्रतिनिधि महन्त श्रेष्ठलगायतले शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमको दोस्रोसत्रमा नेपाल पत्रकार महासंघका नव निर्वाचित केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, केन्द्रीय महिला सचिब सृजना अर्याल, यूके शाखाका अध्यक्ष नरेश खपांगी मगर, यूकेकै वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेल, बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा, पत्रकारहरु बाचस्पती रेग्मी, खुशी लिम्बु, प्रेस युनियन बेलायतका उपाध्यक्ष एभरेस्ट गौतम लगायतले समेत ब्रिटिशखबरले सत्य र निष्पक्ष समाचार प्रकाशनका लागि शुभकामना दिएका थिए । वरिष्ठ पत्रकार भगीरथ योगीले कार्यक्रममा ब्यक्त अभिव्यक्ति सहितको एक रिपोर्ट प्रस्तुत गर्दै कार्यक्रमको औपचारिक समापन गरेका थिए।

त्यसअघि एनआरएनएका युरोप उप-संयोजक शुक्र राज न्यौपाने , एनआरएनए पोर्चुगलका पूर्व अध्यक्ष कुबेर कार्की , एनआरएनए यूकेका उपाध्यक्षहरु प्रेम गाहा मगर र नारायण कंडेल , इंग्ल्यान्ड राज्य समन्वय परिषद्का उपाध्यक्ष एलबीजेड गुरुङ ले समेत शुभकामना ब्यक्त गरेका थिए। कार्यक्रममा यती नेपाली एशोशिएसनका अध्यक्ष ध्रुब केसी ,तमुधी यूकेका अध्यक्ष हितकाजी गुरुङ ,मगर संघ यूकेका अध्यक्ष सुनिल राना, आदिबासी जनजाती महासंघका अध्यक्ष जंग सुनुवार, स्याङ्गजा समाजका अध्यक्ष शारदा गुरुङ र समाजसेवी डेबिड गुरुङ लगायतका व्यक्ति हरले समेत शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली जनसम्पर्क समितीका कार्यबाहक अध्यक्ष महेश दाहाल , प्रबासी नेपाली मंचका अध्यक्ष राजेन्द्र पुडासैनीले शुभकामना ब्यक्त गरेका थिए भने समाजसेवीहरु शुरेश गौतम र शुरेशजंग शाह, धन शार्की, तथा पहिलो नेपाली ब्यारिष्टर राजु थापाको पनि उपस्थिति रहेको थियो। नेपाल पत्रकार महासंघ यूकेका महासचिब संजय कंडेल , सचिबद्वय शिब भण्डारी र डा जगन कार्कीले फेसबुक लाइभ लगायतका टेक्निकल सहयोग गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!