अल्डरसट, वैशाख ६ । बेलायतमा रेकी दीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
१७ अप्रिल शनिबारका दिन हिमालयन योगा एन्ड रेकी मेडिटेसन स्टुडियो यूकेमा उक्त कार्यक्रम सम्पन्न भएको हो । दीक्षा कार्यक्रम बिहान ८ बजे सुरु भइ २ बजे समापन भएको रेकी दीक्षामा विशेश्वर राई, दुर्गा थापा घर्ती, पूजा थापा र गोमा रानाले ग्रहण गरेका थिए ।
दीक्षा ग्रहणपछि अनुभव सेयरिङ गर्ने क्रममा सबैले शरीर हल्का भएको महसुस, मनमा आनन्द आएको, लामो समयसम्म ध्यान आसनमा बस्न सक्ने सुनाएका थिए । उनीहरु अति हर्सित देखिन्थे ।
योगा प्रशिक्षक एवं रेकी मास्टर नगेन्द्र नेम्बाङले दीक्षापछि रेकीको उत्पती र इतिहास रेकीको प्रणेता डा. मिकाउ उसुइ, डा. योगी विकाशानन्द गुरुमा कमलेस्वरीको परिचय गराउँदै रेकीबाट शारीरिक तथा मानसिक रोगलाई उपचार गर्ने विधि, हिलिङ गर्ने तरिका, रेकीबाट हुने फाइदाहरु प्रस्ट्याएका थिए ।
रेकी हिलरहरुलाई रेकी प्रथमको प्रमाण पत्र पनि हिमालयन योगा एन्ड रेकी मेडिटेसन स्टुडियो यूकेले प्रदान गर्यो ।






