मगर धनुषबाण समिति यूकेको १० औं खुल्ला धनुषबाण प्रतियोगिता सम्पन्न

SHARE:

लाल पुन (लालु)

लण्डन – गत सनिवार ९ मे २०२६ का दिन मगर धनुषबाण समिति यूकेको आयोजनामा १० औं खुल्ला परम्परागत धनुषबाण प्रतियोगिता एक विशेष समारोहका बीच सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।

बेलायतको नेपाली समुदायमा मौलिक खेलकुद र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा आन्तरिक तथा बाह्य गरि धेरै टिमहरूको उत्साहजनक सहभागिता रहेको थियो।

खेल निकै प्रतिस्पर्धात्मक र रोचक रहेको थियो, जहाँ मगर टिम B ले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भयो। त्यसैगरी मगर टिम C द्वितीय र थकाली वेलफेयर सोसाइटी टिम A ले तृतीय स्थान प्राप्त गर्दै आफ्नो कौशल प्रदर्शन गरे।

व्यक्तिगत विधातर्फ, प्रतियोगिताभरि सर्वाधिक अंक प्राप्त गर्दै उत्कृष्ट खेलाडीको उपाधि र ‘बेस्ट खोले’ को गरिमामय सम्मान रन पाईजा मगरज्युले प्राप्त गर्नुभएको छ। विजेता टिम तथा खेलाडीहरूलाई आयोजकको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

प्रतियोगिताको अर्को मुख्य आकर्षण सांस्कृतिक खण्ड रहेको थियो। चर्चित लोक दोहोरी गायक गोबिन्द पुन, गायिका निरुता पुन र कुशल नृत्यांगना शरिश्मा राम्जालीको धमाकेदार प्रस्तुतिले कार्यक्रममा छुट्टै रौनकता थपेको थियो। कलाकारहरूको बेजोड गायन र नृत्यले उपस्थित सम्पूर्ण दर्शक तथा श्रोताहरूको मन जित्न सफल भयो। खेल र मनोरञ्जनको यो सुन्दर संगमले बेलायतमा नेपाली मौलिक परम्पराको संरक्षणमा ठूलो टेवा पुर्‍याएको सहभागीहरूले बताएका छन्।

कार्यक्रमको सफल पार्नका लागि उपस्थित पाहुनाहरु, खेलाडीहरु, कलाकारहरुलगायत सम्पूर्ण कार्यसमितिहरूलाई अध्यक्ष नन्द बहादुर रोका मगरले धन्यवाद ज्ञापन गर्नु भएको छ भने मगर धनुषणबाण समिती यूकेका सचिब तारा रोका मगरले कार्यक्रम संचालन गरेका थिए।

धनुषवान प्रतियोगितामा मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन मगर (लालु), उपाध्यक्ष गुमानसिङ थापा मगर, महासचिब गोमान पुन मगर, कोषाध्यक्ष मोहन थापा मगर, पुन मगर समाज युकेका अध्यक्ष तुलचन्द्र तिलिजा पुन मगर, धौलागिरि नौमती वाजाका अध्यक्ष बिल पुर्जा पुन मगर, सल्लाहाकार ओम प्रसाद पुनलगायत धेरैको रहेको थियो।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!