बेलायतद्वारा भारतलाई भेन्टिलेटर र अक्सिजन उपकरणलगायत सहयोग

SHARE:

लन्डन वैशाख १५ । बेलायतले कोरोना भाइरस महामारीको चपेटामा परेको भारतलाई भेन्टिलेटर र अक्सिजन उपकरणलगायत सहयोग गरेको छ ।

संक्रमण तीव्र रूपमा फैलिएपछि भारतमा पछिल्ला दुई सातायता अक्सिजन, आईसीयू बेडको चरम अभाव भएको छ । बेलायतको सहयोग मंगलबार दिउँसो भारत आइपुगेको अधिकारीहरुले जनाएका छन् । अझ धेरै अक्सिजन तथा भेन्टिलटरको आवश्यकता रहेको बताइएको छ ।

बेलायतले भारतका लागि भेन्टिलेटर तथा अक्सिजन कन्सन्ट्रेटरसहित ६ सय वटा उपकरणहरू पठाएको छ । ती सामग्री मंगलबार बिहान नयाँदिल्ली उत्रने जनाएका छन् । ‘यो निकै चिन्ताजनक समयमा हामी एक मित्र र साझेदारका रूपमा भारतसँगै उभिएका छौं,’ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भनेका छन् ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार मंगलबार ३ लाख २३ हजार १ सय ४४ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा संक्रमितमध्ये कम्तीमा २ हजार ७ सय ७१ जनाको मृत्यु भइसकेको छ । सोमबार ३ लाख ५२ हजार ९ सयभन्दा बढी संक्रमित भएका थिए । अधिकारीहरुका अनुसार दिल्लीलगायत राज्यमा परीक्षण दर घटेकाले संक्रमित संख्यामा केही कमी आएको हो । केही दिनयता ६० हजारभन्दा बढीको परीक्षण गरेको दिल्लीले मंगलबार ४५ हजार जनामा मात्र भाइरस परीक्षण गरेको हो ।

अप्रिल १३ मा दिल्लीमा १ लाख ८ हजार जनामा भाइरस परीक्षण गरिएको थियो । कपितय प्रयोगशालाले कामको चाप बढेको भन्दै तीन दिनसम्म पनि परीक्षणको रिपोर्ट नदिएका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!