तमु धिं युकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङद्वारा हस्पिटल र गुम्बालाई सहयोग

SHARE:

लन्डन वैशाख २३ । तमुधिं युकेका पूर्वअध्यक्ष एवं समाजसेवी ज्ञाम गुरुङले पोखरास्थित एक हस्पिटललाई बेड लगायतका स्वास्थ्य सामाग्रीहरु प्रदान गरेका छन् ।

समाजसेवी गुरुङले हालै नेपाल भ्रमणका बेला पोखराको नयाँबस-पार्कस्थित सहारा हस्पिटल र पोखरामै नवनिर्मित शाङदोक पालरी गुम्बा चाउथेको लागि बेड, टेबल, कुर्सी, भाँडाहरू, कार्पेट र कम्बलहरू लगायतका भौतिक सामाग्रीहरू स्वर्गीय पुजनीय माता पिताको सम्झनामा हस्तान्तरण गरेका जनाएका छन् । स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा सहारा हस्पिटलका तर्फबाट अध्यक्ष डा. गिरधारी शर्मा, प्रबन्ध निर्देशक बिष्णु पौडेल, गुरुङकी पत्नी एवं समाजसेवी प्रेमा लगायतको उपस्थित थिए । साथै गुरुङको उक्त पबित्र कार्यको प्रशंसा गर्दै हस्पिटलले सम्मान पत्र समेत प्रदान गरेको छ ।

त्यसैगरी, गुम्बाको तर्फबाट मुख्य धर्मगुरु पाल्देन लामा गुरु स्वयम्को हस्तान्तरण कार्यक्रममा उपस्थिति रहेको थियो । गुम्बामा २० जना नयाँ लामा गुरूहरूले पठनपाठन गर्दै आएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!