नेम्वाङ समाज बेलायतद्वारा भाइरल सृष्टि तामाङलाई ५० हजार सहयोग हस्तान्तरण

SHARE:

लन्डन वैशाख २५ । नेम्वाङ समाज बेलायतले भाइरल सृष्टि तामाङलाई ५० हजार सहयोग हस्तान्तरण गरेको छ ।
सृस्टि र उनकी २ वर्षीया छोरी शिमोनाको निम्ति संकलन गरिएको आर्थिक सहयोग ५० हजार रुपैयाँ शुक्रबार ललितपुरको महालक्ष्मीस्थान नजिकै रहेको एक प्रतिस्ठित होटल रिभाईभ लिजर पार्कमा पत्रकार सम्मेलन गरी हस्तान्तरण भएको समाजसेवी योगी गजेन्द्रराज नेम्वाङले जानकारी दिए । उक्त ५० हजार र भूपू गोर्खा सैनिक गंगाराम लिम्बुले बेलायतबाट पठाएको १० हजारसमेत गरी जम्मा ६० हजार समाजसेवी सविता नेम्वाङले सृष्टिलाई हस्तान्तरण गरेका हुन् ।

सहयोगका लागि भाईरल टिमको नेतृत्व गरिरहेका गजेन्द्र नेम्वाङले आर्थिक सहयोग गरी सृस्टि तामाङको हौसला बढाइदिने र आफ्नो समाजसेवामा ऐक्यबद्धता जनाएकोमा नेम्वाङ समाज बेलायतलाई हार्दिक धन्यवादसहित आभार व्यक्त गरे । ‘हामीमाथि बिश्वास गरेर पुर्‍याउनु भएको सहयोग मेरो तर्फबाट खेर जान नदिइने प्रतिबद्धता समेत व्यक्त गर्दछु र आगामी दिनहरुमा समेत थप राम्रो गर्दै अभियानहरु सन्चालन गरिनेछ,’ नेम्वाङले सामाजिक सञ्‍जालमा लेखेका छन् ।

उनले रकम सहयोग हस्तान्तरण कार्यक्रमलाई आफ्नो होटल रिभाईभमा आयोजना गर्न दिएर अमूल्य सहयोग पुर्‍याएमा होटल सन्चालक उमेश राई र उनको टिमलाई समेत धन्यवाद प्रदान दिए । त्यस्तै आर्थिक सहयोग बेलायतमा संकलन गर्न सक्रिय भूमिका खेलेकोमा समाजसेवी, एभरेस्ट टाइम्सका म्यानेजिङ डाईरेक्टर एवं पत्रकार, मनोक्रान्ति यूकेका प्रवर्तक नगेन्द्रराज नेम्वाङप्रति पनि भाइरल टिमको तर्फबाट विशेष धन्यवाद दिइएको छ ।

मनोक्रान्ति अभियानका विदेश विभाग प्रमुख योगी गजेन्द्रराज नेम्वाङले चैत ९ गते (२२ तारिख) का दिन ग्वार्को चोकमा ढाडमा छोरी बोकेर झिसमिसेमै चिया बेच्दै गरेकी सृष्टिको तामाङ तस्बिर फेसबुकमा पोस्ट भएपछि एक्कासी भाइरल बनेकी थिइन् ।

करिब ४ वर्षअघि विवाह गरेकी सृष्टिकीको साथमा २ वर्षकी कलिली छोरी सिमोना छिन् । उनका श्रीमान् बुद्धि (दोर्जे) तामाङ केही महिनादेखि परिवारलाई बेवास्ता गरेर हिँडेका छन् । सृष्टिले सार्वजनिक सञ्‍चारमाध्यममा बताएअनुसार र घरपेटीका अनुसार लकडाउनदेखिको १ लाख १६ हजार रुपैयाँ घरभाडा र श्रीमान्‌लाई विदेश पठाउने नाममा लिइएको ६/७ लाख रुपैयाँ ऋण छ ।

संक्षिप्त प्रतिक्रिया दिँदै सृष्टिले आफू कसैसँग सहयोग नमाग्ने भन्दै स्वेच्छाले दिएको आर्थिक सहयोग नानीको शिक्षादीक्षाका लागि ५० प्रतिशत जोहो गर्ने र अरु चर्को ब्याच दिनु पर्ने ऋण तिर्ने सुरमा रहेको बताइन् । घर नुवाकोट मेगङ गाउँपालिका बताउने सृष्टि कक्षा ५ मात्रै अध्ययन गरेकी छन् । तैपनि उनको सहास र बोल्नमा निर्धक्कता अनि सुन्दरताले पनि धेरैको मन लोभ्याएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!