सोंपाल समाज यूकेको अध्यक्षमा श्रीप्रसाद गुरुङ

SHARE:

आमा समूहको अध्यक्षमा मायादेवी गुरुङ


लन्डन वैशाख २६ । सोंपाल समाज यूकेको अध्यक्षमा श्रीप्रसाद गुरुङ निर्वाचित भएका छन् ।

शनिबार ८ मे २०२१ मा जुममार्फत भएको अधिवेशनबाट छैटौं नयाँ कार्यसमितिको अध्यक्षमा गुरुङ निर्वाचित भएका हुन् । अधिवेशनबाट कार्यसमिति उपाध्यक्षमा जगदीशकुमार गुरुङ, तेजबहादुर गुरुङ, ध्रुव गुरुङ र महासचिवमा भरत गुरुङ, कोषाध्यक्षमा प्रताप गुरुङ र सहकोषाध्यक्षमा अन्तिम गुरुङ निर्वाचित भएका छन् ।

यस्तै सांस्कृतिक सचिवमा सिर्जना गुरुङ, सांस्कृतिक सहसचिवमा निर्मला गुरुङ, सञ्चार सचिवमा ओमकार गुरुङ, स्वास्थ्य/सुरक्षा सचिवमा क्या. मोहन गुरुङ, खेलकुद सचिवमा पुकार गुरुङ चयन भएका छन् ।

क्षेत्रगत प्रतिनिधिहरुमा रिडिङबाट मिठु गुरुङ, स्वीन्डबाट सन्तोष गुरुङ, ग्रीनफोर्डबाट गीता गुरुङ, बेजिङस्टोकबाट ललितमान गुरुङ, बर्नटोकबाट मथुरा गुरुङ, साउथ इस्ट लन्डनबाट धनबहादुर गुरुङ ‘सिरुबारी’ चयन भए । सदस्यहरुमा गोविन्द गुरुङ (सानो) र याम गुरुङ चयन भए ।

आमा समूहको अध्यक्षमा मायादेवी गुरुङ, उपाध्यक्षमा धनमाया गुरुङ, युवा समूह संयोजकमा असिक गुरुङ र सहसंयोजकमा सुजन गुरुङ चयन भएको निर्वाचन समिति संयोजक चन्द्रबहादुर गुरुङले जानकारी दिए । समाजका अध्यक्ष युक्तबहादुर गुरुङको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा नयाँ कार्यसमितिको सर्वसम्मत घोषणा निर्वाचन टिमले गरेका थिए ।

समाजका निवर्तमान अध्यक्ष चन्द्र बहादुर गुरुङको अध्यक्षतामा संस्थाका सल्लाहकारहरु क्या. रामकाजी गुरुङ, दीपक (डेभिड) गुरुङ र पार्वाती गुरुङ रहेको निर्वाचन समिति गठन भएको थियो । सोंपालवासीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा संस्थापक अध्यक्ष बिजय बहादुर गुरुङ, भूपू अध्यक्ष क्या प्रेम गुरुङलगायतले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

निर्वाचन समितिका सदस्य दीपक (डेभिड) गुरुङले समाजको नयाँ नेतृत्व चयनका लागि भएको साधारणसभा सफल बनाउन भूमिका खेल्न सबैमा धन्यवाद व्यक्त गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!